दैलेख, दैलेखकै दुर्गम गाउँ पिपलकोट जोड्ने सडकमा उपभोक्ता समिति र नगरपालिकाका कर्मचारी मिलेर ब्यापर रकम हिनामिना गरेको आंशका गरिएको छ । आठविस नगरपालिकाले खिड्कीज्यूला–पिपलकोट, मानाचौर सडक खण्डलाई दुई भागमा विभाजन गरि दुई उपभोक्ता समिति मार्फत ११ लाख २७ हजार ९ सय ७ रुपैँया हिनामिना गरेको आंशका गरिएको हो ।
नगरपालिकाबाट ३२ लाख रुपैँयामा स्टेटमेन्ट गरि काम गरिएको योजनामा ११ लाख २७ हजार ९ सय ७ रुपैँया हिनामिना गरेको रहस्य खुलेको हो । खिड्कीज्यूलादेखी पिपलकोट सडकमा १८ लाख र मानाचौर सडकमा १५ लाख ८९ हजार ७ सय ३ रुपैँया विनियोजन गरिएको थियो । डोजर प्रयोग मार्फत पुरै रकम खर्च गरिएको उक्त योजनामा विल मिलाएरै २८ लाख ७७ हजार ९ सय ८० रुपैँया नगरपालिकाबाट उपभोक्ता समितिले भुक्तानी लिएको हो । २८ लाख ७७ हजार ९ सय ८० रुपैँया मध्ये १७ लाख ५० हजार रुपैँया मात्रै आफुले डोजर चलाएर भुक्तानी पाएको डोजर संचालक बमबहादुर हमालले स्विकारेका छन् । łमलाई डोजर बापत १७ लाख ५० हजार भुक्तानी दिईयो । डोजर संचालक हमालले भने, अरु पैसा कसले लग्यो थाहा भएन् । उनका अनुसार सडक १ किलोमिटर खनिएको र पुरै डोजरले मात्रै काम गरेको हो । तर, पुरै डोजरले काम गरे बाकी रहेको ११ लाख २७ हजार ९ सय ७ रुपैँया उपभोक्ता समितिले कसका नाममा खर्च गरे भन्ने प्रश्न तेस्रीएको छ । आठविस नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत मातृका भटराईले सडक अनुगमन गरि भुक्तानी दिईएको बताए । łप्राविधिक सहित अनुगमन गरि भुक्तानी दिर्ईएको हो । भटराईले भने, डोजरको विल, उपभोक्ताले गरको कामको हाजिरको आधारमा भुक्तानी भयो । उपभोक्ताले गरेको काम पनि आफुहरुले हेर्न नपाएको पनि निमित्त प्रमुख प्रशासकिय अधिकृत भटराईले स्विकार गरे । स्थानीय कृष्णप्रसाद जैसीले उपभोक्ताबाट डोजरलाई ठेक्कामा काम दिएकाले सडक गुणस्तरहिन भएको गुनासो गरे ।
जिल्ला समन्वय समिति आरसिआईडब्लुले पनि त्यहि सडकमा मान्छेहरु लगाएर खनाएको छ । गत वर्ष २२ लाख खर्चेर जिल्ला विकास समितिले पनि त्यही काम गरेको स्थानीयहरु बताउँछन् । स्थानीयहरु प्राविधिक, नगरका कर्मचारी र उपभोक्ता मिलेर रकम हिनामिना गरेको बताउँछन् । काम गुणस्तर नभएको स्थानीय पिपलकोटका स्थानीय अगुवा नैनबहादुर शाहीले बताए । łकर्मचारी र उपभोक्ता मोटाउने गरि योजना फरफार गरियो । स्थानीय अगुवा नैनबहादुर शाहीले भने, झण्डै २९ लाखमा खर्चेर देखीने गुणस्तर काम भएको छैन् । प्रतिक्रिया माग्न खोज्दा उपभोक्ता समितिका अध्यक्ष जनमबहादुर शाहीसंग सम्र्पक हुन सकेन ।
| १६ श्रावण २०७५, बुधबार १५:१९