☰ open Loading... 22 December 2024|  

दुल्लूमा बालेश्वरको महत्व
  | १७ श्रावण २०७५, बिहीबार १६:१६

दैलेख, पुरानो शिखर शैलीको मन्दिर बालेश्वर आफैमा महत्व बोकेको छ । निकै पुरानो मन्दिर बालेश्वर आसपासलाई पार्कमा परिणत गरिएको छ । अहिले पार्क निर्माणसंगै बालेश्वर दुल्लु पुग्नेहरु नघुमी सुकै पाउँदैनन् । मन्दिर परिसरलाई शहिद पूर्ण स्मृती उद्यान बनाएर सुन्दर पार्क पनि निर्माण गरिएको छ ।
अहिले दुल्लुको सुन्दता बालेश्वरमा बनाईएको पार्कले झन थपेको छ । प्रथम राणा प्रधानमन्त्री जंगबहादुर राणाका पिता बालनरसिह कुवरको समाधि रहेको बालेश्वर मन्दिर सवैले हेर्न मिल्ने आर्कषण सुन्दर बनाईएको छ । उद्यान बनाएपछि बालेश्वर हेर्न आउनेहरुको लर्को लागेको छ ।
जंगबहादुरका पिताको समाधि स्थललाई मन्दिर बनाएर अहिले पनि संरक्षण गरेर दुल्लुमा राखीएको छ । दुल्लुनगरपालिको पौवामा रहेको बालेश्वर मन्दिर ऐतिहासिक रुपमा महत्वपूर्ण मानिन्छ ।
अहिले त्यही बालेश्वरलाई शहिद पूर्ण स्मृती उद्यान गराईएको छ । ५ वर्ष अघि समाधि स्थल बालेश्वर मन्दिरमा चट्याङ लाग्दा चर्केको छ । उद्यान गराईएपनि मन्दिरको संरक्षण तथा प्रचारप्रसार हुन सकेको छैन् । संरक्षण नहुंदा मन्दिरका भित्ता भत्किनुका साथै र पानी चुहिएर मुर्ती खिया लागेका बेला चट्याङले मन्दिर चर्कीएको छ ।
कसरी भयो बालेश्वर नामाकरण


राण प्रधानमन्त्री जंगबहादुरका बुवा बालनरसिह कुवर घुम्दै यहाँ आएका बेला उनलाई वरपरि खोला माथि डाँडाँमा चौर भएको ठाउँ मन पराए । सुन्दर डाँडाँमा उनकै चाहनाका कारण समाधि राख्न काठमाडौंबाट मलामी आएको भन्ने किम्वदन्तीमा उल्लेख छ । बालनरसिंहको समाधि रहेकाले यसको नाम बालेश्वर रहन गएको स्थानीय शिक्षक भक्तिप्रसाद उपाध्यायले बताए । ढोका र तारबार बलियो नहुँदा मन्दिरभित्र राखीएका मुल्यवान मुर्तीहरु चोरी भैसकेको पुजारी मणिराम उपाध्यायले बताए ।
चोरियो मुर्ति
७ वर्षपहिले राती बाबाको भेषमा बास खोज्दै आएकाहरुले तामाबाट बनेका बाघ र शिवका मुर्ती चोरेर लगेको उपाध्यायले बताए । ‘भोलिपल्ट उज्यालो नहुदै मुर्ती लिएर भागिसकेछ’ पुजारीले भने । बडादशैं र चैते अष्टमीको बेला यहा विशेष पुजाआजा हुन्छ । यहाँ ठुलो भिड् लाग्ने गरेको छ । यसको महिमा आफ्नै किसिमको रहेको छ ।


मुर्ती जती सबै चोरिनु र संरक्षण नपाउनुले ऐतिहासिक बालेश्वर मन्दिरको अस्तित्व संकटमा परेको स्थानीयले गुनासो गरेका छन् । सरकारले पर्यटकीय सम्पदाको संरक्षणमा चासो नदिएकै कारण समग्र दुल्लु क्षेत्रको अस्तित्व ओझेलमा परेको दुल्लु क्षेत्रको ऐतिहासिक सम्पदाहरुको संरक्षणमा काम गर्दै आएका दुल्लुनगरपालिकाका मेयर घनश्याम भुण्डारीले बताए । ‘धार्मिक, ऐतिहासिक र सांस्कृतिक दृष्टिकोणले भरिपूर्ण यहाँका सम्पदाहरु संरक्षण नहुँदा संकटमा पुगेका छन् ।’ भण्डारीले भने, ‘तर संरक्षण नहुँदा हाम्रा सम्पदाहरु नासिदैं र चोरिदै गएका छन् ।’