☰ open Loading... 19 April 2024|  

सर्जक ढकालले कस्लाई चढाए डोली (भिडियो)
  | २१ श्रावण २०७५, सोमबार १३:४८

सुर्खेत । हरितालिका तीजलाई लक्षित गरेर सर्जक विशाल ढकालले नयाँ तीज गित सार्वजनिक गरेका छन् ।

सिंगारो म्युजिक प्रा.लि.को प्रस्तुतीमा सर्जक ढकालले डोली चढियो बोलको नयाँ तीज गीत सार्वजनिक गरेका हुन् ।

ढकालकै लय/शब्द रहेको गीतमा चर्चित गायिका टिका पुनले स्वर रहेको छ ।

मौलिक लोक संस्कृतीलाई सम्वद्र्धन र संरक्षण गर्ने हेतुले नयाँ गीत सार्वजनिक गरेको सिंगारो म्युजिक प्रा.लि.का प्रवन्ध निर्देशक समेत रहेका सर्जक ढकालले जानकारी दिए ।

उनले भड्कीला र समाजिक विकृतीभन्दा समाजको वास्तविक यथार्थता झल्कने शब्दहरु गीतमा समावेश गरेको दावी गरेका छन् ।

गीतको भिडियो निर्देशन कलाकार हरि विष्टले गरेका छन् ।

चर्चित मोडल दिपाशा विसीको अभिनय रहेको भिडियोको नृत्य निर्देशकमा नन्दा बस्याल, छायाँकन राजु केसी, सम्पादनमा प्रबिन भट्ट, विशेष सहयोग कमल विष्ट र भिडियो सम्पादन बिपि फिल्मसले गरेको हो ।

ढकालले गत वर्षको तीजलाई लक्षित गरेर भदौरे झरी बोलको गीत सार्वजनिक गरेको थिए ।