दैलेख, मानव बस्ती बाक्लिएसंगै पुर्खादेखी चलनचल्तीमा आएका पोखरीहरु नासिने क्रम रहेका बेला गुरासँ गाउँपालिकाले अस्तित्व नाश हुन लागेका पोखरीहरुको संरक्षण गरेको छ । अस्तित्व नाश हुन लागेको गाउँपालिकामा रहेको सुवा पोखरीको संरक्षण गरेको हो ।
गाउँपालिकाले सडक र मावन बस्तीबाट ताल घट्ने क्रमतिर जान थालेपछि पोखरीको संरक्षण गरेको हो । सानो पोखरीलाई ठुलो बनाएर पानी निकाश तथा जान सहज हुने गरि निर्माण गरिएको गाउँपालिकाका ईन्जिनियिर सरोज दाहालले बताए । ‘तालमा पानी जम्न सुरु भएपछि तलतलका पानीका मुहानहरु पनि बढेको छ ।’ ईन्जिनियर दाहालले भने, पर्यवरणका हिसावले निकै राम्रो भएको छ ।’
पोखरीलाई वरपरिबाट तारवार गरि संरक्षण गरिएको छ । उपभोक्ता स्वयम नै पोखरीको संरक्षणमा आफै खटेर लागेका थिए । ताल संरक्षण गरिएपछि बातावरणमा पनि प्रभाव पारेको छ । ‘गाई बस्तुहरु पनि पानी पिउने गरेका छन् ।’ उपभोक्ता समितिका अध्यक्ष तथा स्थानीय विनोद गुरुगले भने, ताल संरक्षणले हरेक कुरामा राम्रो भएको छ ।’ गुरासँ गाउँपालिकाभित्र तालपोखरी पनि रहेको छ । यो पोखरीलाई आगामी वर्ष संरक्षण गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ ।
जुन तालको नामबाट ठाउँको नाम समेत प्रसिद्ध रहेको छ । यहाँ सुवापोखरीको संरक्षणले पर्यवरणमा समेत सघाउने विश्वास लिईएको छ । गुरासँ गाउँपालिकाले ४ लाख संरक्षणका लागि बजेट विनियोजन गरेको थियो भने, उपभोक्ताले १ लाख २० हजार रुपैँया बराबर श्रमदान गरेका थिए । ताल वरिपरिका हरियाली हुनुका साथै पानीका मुहानहरुपनि बढेको उपभोक्ता समितिका अध्यक्ष गुरुगले बताए । विगतमा संरक्षण हुन नसक्दा लेदो मात्रै देखिन्थ्यो तर अहिले पानी तालमा जम्न थालेसंगै आर्कषण देखीएको छ ।