| २४ श्रावण २०७५, बिहीबार १४:४४
जाजरकोट : रुकुमको चौरजहारी अस्पतालमा उपचार नपाउँदा बिरामीको मृत्यु भएको हो । मृत्यु हुनेमा जाजरकोटको भेरी नगरपालिका–४ का ४२ वर्षीय शेरबहादुर बिक रहेका छन् ।
दम बिरामी बिक उपचारका लागि चौरजहारी अस्पताल पुगेका थिए । पाँच दिनदेखि तनावग्रस्त अस्पतालमा उपचार नपाउँदा बिकको मृत्यु भएको उनका आफन्तले बताएका छन् ।
गत आइतबार मिर्गौलाको पत्थरीको उपचार गर्न अस्पताल गएकी भेरी नगरपालिका–१३ कुदुकी २८ वर्षीया यशुदा मल्ल आरसीको मृत्यु भएको थियो ।
उनको मृत्युपछि पीडित पक्षले अस्पताकाले लापरवाहीले मृत्यु भएको भन्दै क्षतिपूर्तिको माग गर्दै शव जिम्मा नलिई आन्दोलन गरिरहेका छन् । आन्दोलनका कारण अस्पतालको सेवा प्रभावित भएको छ। यशुदाको शव अस्पतालमै छ। समयमै शवको दाह संस्कार नहुँदा गन्हाउन थालेको छ।