Loading... 24 October 2018|   बुधबार, कार्तिक ७, २०७५

बर्षासंगै आएको पहिरोले दुई घर भत्किए

  |

नन्द बहादुर रोकाया
मुगु । मुगुमा लगातारको बर्षासंगै आएको पहिराले दुई घर भत्किएका छन । पहिरोले पुरेर छायाँनथरारा नगरपालिका भामवाडा गाउँका हस्त बहादुर भाम र लाल बहादुर रावललको घर पहिरोले भत्किएका हुन ।

वर्षापछि झरेको पहिराले हस्त बहादुर भामको तिन तल्ले १० कोठाको पक्की घर र लाल बहादुर रावलको तिन तल्ले ५ कोठे कच्ची घर पहिरोले काम नै नलाग्ने गरी पुरेको छ । १० कोठाको घर गर्न निमार्ण गर्न ३० लाख खर्च भएको बताउदै हस्त बहादुर भामले घर निमार्ण सम्पन्न भई बस्न नपाएर घर भत्किएकाे बताए ।

पीडित परिवारले आपतकालीन सहयोगका लागी जिल्लाका विभिन्न निकायहरुमा सहयोगार्थ अनुरोध गरेका छन । पहिरोले घर पुरेपछी लाल बहादुर रावलले अर्काको घरमा बस्दै आएका छन भने हस्त बहादुर भाम आप्नो पुराने घरमा बस्दै आएका छन ।

प्रकाशित मितिः बिहिबार, साउन २४, २०७५     3:31:06 PM
error: Content is protected !!