☰ open Loading... 19 April 2024|  

कर्णाली प्रदेश सभाका सभामुख शाहीकाे अाग्रह ‘रचनात्मक आलोचना गर्दिनुहाेस्’
  | २५ श्रावण २०७५, शुक्रबार १७:३३

सुर्खेत । कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाहीले देशमा संघीयता आएको अवस्थामा राज्यको महत्वपूर्ण अंग सञ्चारमाध्यमलाई रचनात्मक आलोचना गर्न आग्रह गरेका छन् ।

शुक्रबार संसदीय मामिला पत्रकार समाज काठमाडौंको आयोजना, युएनडिपीको सहयोग र संसदीय मामिला पत्रकार समाज कर्णाली प्रदेश सुर्खेतको समन्वयमा आयोजना गरिएको पत्रकारको षमता अभिवृद्धि कार्यक्रमलाई सम्वोधन गर्दै उनले संघीयतालाई थप बलियो बनाउन सबैले रचनात्मक भूमिका निर्वाह गर्नुपर्ने बेला आएको बताएका छन् ।

‘यहाँहरुले हामीलाई बेला बेलामा सचेत गराइरहनुभएको छ ।’ सभामुख शाहीले भने, ‘हरेक कुराको विरोध गर्दा सकारात्मक ढंगबाट पनि गर्न सकिन्छ, त्यसरी अघि बढनु भएको खण्डमा संघीयता बलियो हुँदै जान्छ ।’ सभामुख शाहीले पत्रकारहरुको क्षमता अभिवृद्धि गर्न सके प्रदेशकै क्षमता वृद्धि हुने देखेर कर्णाली प्रदेश सभाले केहि दिन पहिले मात्रै संसदीय मामिला समाजमार्फत क्षमता अभिवृद्धि तालिम सञ्चालन गरेको बताए ।

‘अभावै अभावले जेलिएको कर्णालमिा पत्रकार समाज पनि त्यसबाट अछुतो रहन नसकेको हामीलाई थाहा छ ।’ सभामुख शाहीले भने, ‘त्यसैले हामीले संसदीय रिर्पोटिङ गर्ने पत्रकारहरुलाई वयावसाियक बनाउन उक्त तालिमको लागि सहयोग गरेका थियौं ।’ सभामुख शाहीले ज्ञान लिन र दिन कुनै कञ्जुस्र्याइ गर्न नहुने धारणा राखे ।

कर्णाली प्रदेश सभाका उपसभामुख पुष्पा घर्तीले पत्रकारहरुको कलम सधैं निष्पक्ष भएर चल्नुपर्नेमा जोड दिईन । उनले आफूहरु नयाँ अभ्यासमा रहेका बेला केहि गल्ति भएपनि त्यसलाई रचानात्मक आलोचना गरी आग्रह र पुर्वाग्रह समाचार नलेख्न पत्रकारलाई आग्रह गरिन ।

संसद सचिवालयका निमित्त सचिव लक्ष्मण शर्माले आफूहरु सधैं पत्रकारलाई सहजता होस भन्नेमा सर्तक रहेको बताए । ‘हामी पत्रकारलाई समाचार संकलनका लागि सहज वातावरण बनाउन सधैं क्रियाशिल रहेका छौं ।’ उनले भने, ‘तर सानो हल भएका कारण सबै समस्या समाधान गर्न सकेका छैनौं ।’

उनले नयाँ सभाहल बनेपछि पत्रकारका करिब सबै समस्या हल हुने बताए । युएनडिपी नेपालका कार्यक्रम विश्लेषक कल्पना सरकारले युएनडिपी कुनै एनजियो वा दातृ निकाय नभएको बताईन । ‘केहि मिडियाले हामीलाई दातृ निकाय भन्दै लेखेको पाइएको छ ।’ उनले भनिन्, हामी संयुक्त राष्ट्र संघका प्रतिनिधी हौं र यो सरकारको उक अंग हौं ।’

उनले आफूहरुले संसदीय रिर्पोटिङ गर्ने पत्रकारहरुसँग मिले धेरै कार्यक्रम आयोजना गरिरहेको बताउँदै आगामी दिनमा कर्णाली प्रदेशमा क्रियाशील पत्रकार समाजसँग पनि सहकार्य गर्दै जाने बताईन ।

संसदीय मामिला पत्रकार समाज काठमाडौंका अध्यक्ष नरेन्द्र साउदले प्रदेशमा गठित संसदीय मामिला पत्रकार समाजसँग क्षमता अभिवृद्धि देखि विभिन्न सहयोग तथा सहकार्य गर्ने प्रतिबद्धता जनाए । उनले यो कायृक्रम अनितम नभएको बताउादै यसले सहकार्यको यात्राको सुरुवात गरेको बताउँदै आगामी दिनमा कहाँ के गर्न सकिन्छ, त्यसतर्फ आफूहरु लाग्ने जनाए ।