☰ open Loading... 18 November 2024|  

जुम्ला घटनाको छानबिन गर्न समिति गठन
  | २६ श्रावण २०७५, शनिबार २१:०९

सुर्खेत । जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मिति २०७४ श्रावण ३ गते भएको घटनाको सम्वन्धमा सत्यतथ्य पत्ता लगाउन ३ सदस्यीय कार्यदल निर्माण गर्ने । समितिलाई एकहप्ताभित्र प्रतिवेदन पेश गर्ने गरि कार्यादेश दिने ।

कलानिधि पौडेल — संयोजक (सचिव मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय)

भक्तवहादुर कार्की — सदस्य (उपसचिव, आन्तरिक मामिला तथा कानुन मन्त्रालय)

बृषवहादुर शाही — सदस्य (स्वास्थ्य महाशाखा प्रमुख समाजिक विकास मन्त्रालय

प्रदेश सरकारको दिर्घकालीन संचालन र व्यवस्थापनका लागि स्थायी रुपमा भौतिक पुर्वाधारहरु निर्माण गर्न उपयुक्त जग्गा खोजि गरि कार्यप्रारम्भ गरेको १५ दिन भित्र सिफारिश गर्न भौतिक पुर्वाधार मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय भयो ।

सवै जिल्लाहरुमा खारेज भएका कार्यालय भवन र जमिन प्रदेश सरकारको मातहतमा दिन केन्द्र सरकारलाई अनुरोध गर्ने ।

डोल्पा जिल्लाको मुड्केचुला गाँउपालिकाको नाम र केन्द्रमा असहमत भई भुगोल छानवीन गरि केन्द्र कायम गर्न माग गरिएको निवेदनको सम्वन्धमा उक्त विषयलाई आवश्यक छानविनका लागि मन्त्रीपरिषदको राजनैतिक समितिमा पठाउने निर्णय गरियो ।