पश्चिमनेपाल सम्वाददाता
घोडावास (दैलेख) । दैलेखको गुराँस गाउँपालिकाले एम्बुलेन्स संचालनमा ल्याएको छ । जनतालाई स्वास्थ्यको पहुँचमा पु¥याउने उदेश्यले गाउँपालिकाले एम्बुलेन्स संचालनमा ल्याएको हो ।
गम्भीर र सामान्य प्रकृतिका विरामीहरुलाई उपचारका लागि बाहिर लैजाँदा ६ देखि ८ हजार तिर्नुपर्ने बाध्यता थियो । एक एम्बुलेन्स गाउँपालिका स्तरको अस्पातालमा रहनेछ भने अर्को धरमपोखरामा राखिने छ । वडा नम्बर १ देखि ४ सम्म्मको जनताको लागि वडा नम्बर ४ मा रहने एम्बुलेन्सबाट सेवा दिइने छ ।
त्यस्तै धरमपोखरामा रहने एम्बुलेन्सले वडा नम्बर ५ देखि ८ सम्मका जनताले गर्न पाउने छन् । गुराँस अस्पाताल पूर्ण रुपमा संचालन नआउन्जेल एम्बुलेन्स गाउँपालिका कार्यालयमा रहने जनाइएको छ ।
नागरिक उत्साहित
फुलमाला अविर लिएर एम्बुलेन्सको स्वागत नागरिकहरुले गरेका छन् । उनिहरुले आफुहरुले चर्को रकम तिरेर अस्पताल जानुपर्ने समस्या टरेको भन्दै उत्साहित भएका छन् ।
गरिब जनताले पनि स्वास्थ्य सेवा पाउने भएपनि खुसी लागेको स्थानीय टेकबहादुर बोहोराले बताए । उनले सिंह दरबारको अधिकार गाउँमा भन्ने नाराले बल्ल सार्थकता पाएको प्रतिक्रिया दिए । एम्बुलेन्समा सस्तोमा बिरामी बोकिने भन्दै गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले गरिब जनतालाई यसले सबैभन्दा धेरै लाभ मिल्ने विश्वास व्यक्त गरे ।
ओलीले विकासको अध्याय शुरु भएको बताउँदै आफुहरुले अहिलेसम्म पाँचवटा संस्थागत विकास गर्न सफल भएकाले अब जनशक्ती विकासमा लागिने बताए । गाउँपालिकाका प्रत्येक वडामा स्वास्थ्य सेवा संचालन शुरु भएको बताउदै वलीले अब एम्बुलेन्सको साथै स्वास्थ्य सेवामा कुनै कसर बाँकी नराख्ने उद्घोष गरे ।
गुराँस गाउँपालिकाभित्रबाट बोकिने बिरामीलाई ३ हजारको दरमा सुर्खेत पु¥याइनेछ भने पाँचहजार पाँचसयमा नेपालगञ्ज पु¥याइने छ । गुराँस गाउँपालिका बाहेक अन्य ठाउँका बिरामी बोक्नुपरे अन्य एम्बुलेन्सले लिने शुल्कभन्दा ५ सय कम हुने बताइएको छ । गुराँस गाउँपालिकाले टेन्टर प्रक्रियाबाट दुइवटा एम्बुलेन्स २० लाख ५८ हजारमा खरिद गरेको हो ।