☰ open Loading... 19 April 2024|  

यूईएफए अवार्डः मोडरिक, रोनाल्डो र सलाह अन्तिम तीनमा
  | ५ भाद्र २०७५, मंगलवार ०९:४६

काठमाडौं । लुका मोडरिक, क्रिष्टियानो रोनाल्डो र मोहम्मद सलाह यूईएफए प्लेयर अफ दि इयरको अन्तिम तीनमा परेका छन् ।

लिओनल मेस्सी अन्तिम १० बाटै बाहिरिएका छन् भने नेइमार मनोनयनमा नै परेका थिएनन् ।

अब ८० प्रशिक्षक र ५५ पत्रकारको मतबाट रियल मड्रिडका मिडफिल्डर मोडरिक, युभेन्टसका रोनाल्डो र लिभरपुलका सलाह मध्येबाट एक जना विजेता बन्नेछन् ।

३० अगष्टमा मोनाकोमा च्याम्पियन्स लिगको समूह चरणको ड्रका क्रममा विजेता घोषणा हुनेछ ।