☰ open Loading... 24 December 2024|  

राष्ट्रिय प्रजातान्त्रिक महिला स‌ंगठनले बुझायाे ज्ञापनपत्र
  | ६ भाद्र २०७५, बुधबार १८:०८

सुर्खेत । राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन सुर्खेतले जिल्ला प्रशासन कार्यालय सुर्खेतलाई ज्ञापनपत्र बुझाएको छ । देशमा महिलाहरु माथि भइरहेका श्रंखलावद्ध घटनाहरु रोक्नमा सरकारले कठोर निर्णय नलिएकोमा विरोध जनाउँदै महिला संगठनले बुधबार प्रशासनमा ज्ञापन पत्र बुझाएको हो ।


चारवर्षदेखी ७५ वर्षसम्मका महिलाहरु बलात्कृतहुँदा समेत राज्य टुलुटुलु हेर बसेको राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन सुर्खेतका अध्यक्ष सितादेवी खाँणले बताईन् ।

महिलामाथि लगातार श्रंखलावद्ध घटनाहरु भइरहँदा अपराधि पक्राउ गर्न राज्य चुकेको आरोप खाँणको छ । अपराधिहरुलाई तत्काल कानुनी दायरामा ल्याएर कडा मागराख्दै जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापन पत्र बुझाएको उनले जानकारी दिइन् ।

मानिसलाई सामाजिक व्यवहार गरी बाँच्नका लागि शिक्षामा अनिवार्य नैतिक पढाउने व्यवस्थाको माग प्रजातान्त्रिक महिलाको छ । महिला माथि हुने सम्पूर्ण हिंसा अन्त्य गर्न राज्यका सबै संयन्त्र सशक्त ढंगबाट परिचालन गर्न खाँणले आग्रह गरिन् ।

स्थानीय मंगलगढी चौकबाट शुरु भएको ¥यालीले बजार परिक्रमा गरेर प्रशासन कार्यालय पुगेको थियो । उनीहरुले कालो पट्टी बाँधेर बलात्कारीलाई फाँसी दे, महिला हिंसा अन्त्य गर, महिलाका अधिकार सुनिश्चित गर लगायतका नारा लगाएका थिए ।

¥यालीमा सांसद सोशीला शाही, राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनका केन्द्रीय सदस्य सन्तोषी शाहीठकुरी लगायतको उपस्थिती थियो ।