सुर्खेत । कालिकोटमा बस र ट्रक ठोक्कीदा तीन यात्रु घाइते भएका छन् । जुम्लाबाट सुर्खेत आउँदै गरेको ना ६ ख २५३६ नम्बरको बस र मान्मदेखी जुम्ला जाँदै गरेको भे १ ख १८९८ नम्बरको ट्रक ठोक्कीदा कर्णाली राजमार्गको मान्म–नाग्मघाट सडकखण्डको खाँडाचक्र-८ विर्तामोडमा बिहिबार दिउँसो दुर्घटना भएको हो ।
दुर्घटनामा तीन यात्रु सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरीक्षक निरज चौलागाईँले जानकारी दिए । मोडमा ओभर स्पिडका कारण बस र ट्रक एक आपसमा ठोक्कीएको अनुमान प्रहरीको छ ।
‘बसलाई नदी किनाराको ढुंगाले नरोकेको भए ठूलो दुर्घटना हुन्थ्यो’ चौलागाईँले भने, ‘दुर्घटनाबाट कसैलाई केही भएन । घाइतेको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको छ ।’
बसमा सवार रास्कोटका नविन शाहीले आफूहरु ठूलो दुर्घटनाबाट बचेको बताए । ‘मोडमा बस र ट्रक ठोक्कीए’ नविनले भने ‘ट्रक सडकको भित्तामा न ठोक्काइएको भए हामी बाच्थेनौं ।’ उनका अनुसार बसलाई नदी सडक किनाराको ठूलो ढुंगाले रोकेको थियो ।
तस्वीर साैजन्य चित्रसिंह गाउँले