दैलेख । लामो समय विवादका कारण दैलेख खण्डको ट्रयाक खोल्नै सकस भएको मध्यपहाडी आयोजनाले विवाद समाधान भएसंगै स्तरउन्नतीको काम भैरहेको छ । विवाद अन्त्य भएसंगै मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयले दैलेख खण्डमा कालोपत्रेको काम अघि बढाएको हो ।
दैलेख खण्डमा अहिले ५० किलोमिटर कालोपत्रेका लागि टेण्डर प्रकृया सकेर २० देखी ४५ प्रतिशत काम सकिएको मध्यपहाडी लोकमार्ग दैलेख खण्डका प्रमुख तुलाराम शर्माले बताए । दैलेख खण्डमा लोकमार्गले १ सय २६ किलोमिटर लम्वाई लिएको छ । जसमा ५० किलोमिटर कालोपत्रेका लागि काम भैरहेको छ ।
बाँकी टेण्डरका लागि तयारी अवस्थामा रहेको दैलेख खण्ड प्रमुख शर्माले बताए । काम भैईरहेको ५० किलोमिटर कालोपत्रेलाई चार भागमा ठेक्का मार्फत काम भैरहेको शर्माको भनाई छ । चार भागमा विभाजन गरि कालोपत्रेमा लोहोरेदेखी झुप्रेसालसम्म ९.९ किलोमिटरमा केएस रमण जेवीले भ्याद बाहेक २४ करोट ८४ लाख ३१ हजारमा रुपैँया घटेर ठेक्का लिएको हो ।
केएस रमणले २०६४ भाद्र ३ मा कालोपत्रको लागि सम्झौता गरेको जनाईएको छ । यसले २०७७ भाद्र ३ गते काम सक्नुपर्ने छ । आयोजनाका अनुसार अहिलेसम्म ४५ प्रतिशत काम सकेको छ ।
झुप्रेसालदेखी मनघरसम्म ११.४ किलोमिटरको ठेक्का शर्मा गजुरमुखी जेभीले २०७७ जेष्ठमा सक्ने गरि २०६४ जेष्ठ १४ सम्झौता गरेको आयोजनाले जनाएको छ । अहिलेसम्म ४० प्रतिशत काम सकेको छ ।
भ्याट बाहेक ३१ करोड ७२ लाखमा कालेपत्रेको ठेक्का लिएको हो । त्यस्तै वडालम्जीदेखी पादुकासम्म केएस रमण जेभी १३.३ किलोमिटरको कालोपत्रेको ठेक्का लिएको मध्यपहाडी आयोजनाले जनाएको छ ।
२०७४ जेष्ठ १४ गते सम्झौता गरेको रमण जेभीले २०७७ जेष्ठ १४ कालोपत्रे गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ । २६ करोड ९१ लाखमा सम्झौता गरेको निर्माण कम्पनीले अहिलेसम्म २० प्रतिशत काम गरेको छ । पहिलो वर्ष कम्तिमा २० प्रतिशत गर्नुपर्ने सम्झौतामा उल्लेख छ । सवैभन्दा कम काम भएको खण्ड नै यहि हो ।
दैलेख पश्चिममा रहेको रामघाट पुलदेखी पादुकासम्म १५.८ किलोमिटर सडक कालोपत्रेका लागि पम्पु हाई हिमालयन जेभीले ठेक्का पाएको थियो । २०७४ जेष्ठ १४ गते सम्झौता भई २०७७ जेष्ठ १४ सक्नुपर्ने छ । ४२ करोड १० लाखमा उक्त सडकको ठेक्का लिएको हो । अहिलेसम्म निर्माण कम्पनीले ४० प्रतिशत काम गरेको जनाईएको छ ।
अव दैलेख खण्डमा कालोपत्रे सडक निर्माणका लागि बाँकी ७५.५ किलोमिटर रहेको छ । यो सडकको डिपिआर भईसकेकाले छिटटै टेन्डर गरिने आयोजनाले जनाएको छ । ‘७५.५ किलोमिटर सडक पनि टेण्डरका लागि तयारी अवस्थामा छ ।’
आयोजनाका दैलेख खण्ड प्रमुख तुलाराम शर्माले भने, द्रुत गतिमा काम भैरहेकोले सवै भागको स्तरउन्नती केही वर्षभित्रै सकिने गरि आयोजना लागिरहेको छ ।’
अहिले कालोपत्रे गर्न लागिएको चाख खण्डमा सडक चौडाको काम ९० प्रतिशत सकिएको छ । त्यस्तै ग्याविग लगाउने, मेशनरी वाल लगाउने काम भैरहेको छ । सानातिना खोलाखाल्चीमा हिमपाईप मार्फत पानीको निकास गर्ने काम सकिने तयारीमा रहेको छ ।
आउने असारसम्म ग्राविल, नाली,सववेसको काम सकिने दैलेख खण्ड प्रमुख शर्माले बताए । चटान र पहिरोका कारण आयोजनालाई दैलेख खण्डको लोहोरेदेखी बेस्तडासम्म जोखीम सडकका रुपमा लिईएको छ ।
अहिलेसम्म मुआब्जा ६० लाख खर्च हुने लागतअनुमान लिईएको छ । आयोजनाको काम अघि बढाउँदा ३५ घर भत्काउनुपर्ने देखीएको शर्माले बताए । दैलेख सदरमुकाममा १० मिटरमा कालोपत्रे गर्ने सहमती भएको छ ।
शर्माले भने, सवै तयारी पुरा भएकाले कालोपत्रेका लागि टेण्डर निकाल्ने प्रकृयामा छौं । सदरमुकाम नजिक जाहारकोटमा सडक खन्न अवरुद्ध भएकोले समन्य गरेर काम गर्ने तयारीमा रहेको आयोजनाले जनाएको छ ।
जाहारकोट खण्ड फराकिलो भए दैलेखमा मध्यपहाडी लोकमार्ग आयोजना सफल हुने आयोजनाले नै विश्लेषण गरेको छ । दैलेख खण्ड पुरै भाग आयोजनाले सडक छिचोलिसकेको छ ।
क्याप्सन ः दैलेख खण्डमा कालोपत्रे अघि सडक चौडा ग्राविल, वाल लगायतका कामहरु गर्दै ।