सुर्खेत । वर्ल्डलिंक कम्युनिकेसन सुर्खेत शाखाले सुविधा सम्पन्न नयाँ कार्यालयकाे उद्घाटन गरेको छ । शुक्रबार एक कार्यक्रमका बिच वर्ल्डलिंक कम्युृनिकेसनका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले रिवन काटेर उद्घाटन गरेको हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अधिकृत नेपालले १० बर्ष देखि सुर्खेतका सुरु भएकोमा निकै राम्रो काम भएको बताए । ग्राहकहरुको सकारात्मक सदभावले गर्दा हिजोको सानो सेवालाई बढाउँदै लगेको नेपालले जानकारी दिए ।
६७ जिल्लामा वर्ल्डलिंक पुगेको भन्दै नेपालले अहिलेको अवस्थामा कर्णालीमा ठूलो प्रजेक्ट रहेको बताए । उनले अबको २/३ बर्षमा सबै गाउँपालिकामा वर्डलिङ्क पुग्ने बताए । अहिलेकाे अवस्थामा सबै क्षेत्रमा सहज तरीकाले सेवा दिन नसके पनि बिस्तारै सम्पूर्ण सेवालार्इ सहज बनाउने उनकाे भनाइ थियाे ।
उद्घाटन कार्यक्रममा बोल्दै वर्ल्डलिंक कम्युृनिकेसन सुर्खेत शाखाका प्रमुख नवराज पंगालीले आफुहरु ग्राकहरुको सेवालाई सहजताको लागि आफुहरुले नयाँ कार्यलयको स्थापना गरेको जानकारी दिए ।
डाइलकदेखि सुरु गरेको सेवा वाइरलेस हुदै फाईवर सम्म पुगेको भन्दै पंगालीले कहिलेकाँही प्राविधिक समस्याका कारण सेवामा अवरोध आउने भएपनि कुनै पनि क्षेत्रमा समस्या आउने वित्तकै उक्त समस्याको लागि एसएम एस ईमेल आउने भएकाले त्यसको समस्या तुरुन्तै समाधन गर्ने बताए ।
कर्णालीका सरकाररी क्षेत्रमा २ बर्ष सम्मको लागि फिरीमा ईन्टरनेट सेवा दिनको लागि नेपाल सरकार संग सम्पर्क भएको भन्दै पंगालीले अहिलेको अवस्थामा ३० प्रतिशत काम सकिसकेको र बाँकी एक बर्ष भित्रमा सम्पूर्णकाम सिध्याउने कुराका साथ लागेको जानकारी दिए ।