सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रवहादुर शाही शनिवार विहानै वेल्चा लिएर सडकमा देखिए । टीसर्ट, ट्राउजर र स्पोर्ट सुजमा २ जना अंगरक्षक सहित हातमा वेल्चा वोकेका मुख्यमन्त्री शाही वीरेन्द्रनगरको घण्टाघर चोकमा पुगे ।
नेपाल मानव धर्म सेवासमिति सुर्खेतको टोली घण्टाघरमा मुख्यमन्त्री शाहीलाई स्वागतका लागि तयारी अवस्थामा थियो । मुख्यमन्त्री शाहीलाई मानव धर्म सेवा समितिको टोलीले स्वागत गर्दै गर्दा प्रदेश सरकारकी प्रवक्ता तथा भुमि व्यवस्था एवं कृषि सहकारी मन्त्री विमला केसी र बीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदी पनि सोही ठाउ आईपुगे ।
मानव धर्म सेवा समितिद्धारा राखिएको नगर सरसफाई कार्यक्रमका वारेमा छोटो मन्तव्य राखिसकेपछि मुख्यमन्त्री शाही आफै सडक छेउछाउमा रहेको फोहोरको थुप्रोमा वेल्चा चलाउन शुरु गरे ।
मुख्यमन्त्रीलाई साथ दिदै प्रवक्ता विमला केसी र नगरप्रमुख देवकुमार सुवेदी पनि फोहोरको थुप्रो सफा गर्न थाले । फुर्तिलो र छिटोछरितो ज्यान भएका शाहीले पसिना चुहिने गरि वेल्चा चलाउदै नगरको सरसफाईका लागि नगरवासी नै सक्रिय हुनुपर्ने धारणा राखे ।
बीरेन्द्रनगरलाई कर्णाली प्रदेशकै सफा र पर्यटकीय नगरी निर्माण गर्नुपर्ने उनको भनाई छ । सरसफाई गर्दै गर्दा मुख्यमन्त्री शाही र उनको टोली यस्तो देखियो ।