☰ open Loading... 18 November 2024|  

नारायण नगरपालिकालाई कार्यकर्ता भर्ती केन्द्र बनाइयो : कांग्रेस
  | ९ भाद्र २०७५, शनिबार १४:५१

दैलेख । नेपालीकांग्रेस दैलेखका सभापति कृष्ण कुमार बिसीले नारायण नगरपालिकालाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कर्मचारी कार्यकर्ता भर्ती केन्द्र बनाएको आरोप लगाएका छन् । दैलेखका ११ वटै स्थानीयतहहरुले गरेका कामहरुको विषयमा पार्टीको धारणा राख्न गरेको पत्रकार सम्मेलनमा बोल्दै विसीले स्थानीयविकास कोष बाट आन्तिरिक कर्मचारीहरुलाई जिल्ला समन्वय समितिले आफ्नो नजिकको स्थानीयतहमा हाजिर गराउन स्थानीयतहलाई गरेको पत्राचार अनुसार राजनीतिक पुर्वाग्रमा कसैलाई हाजिरी गराएको र कसैलाई हाजिरि नगराएको प्रति नेपालीकांग्रेसको गम्भिर ध्याकर्षण भएको आरोप लगाएका छन् ।

दैलेख जिल्लाको विकासकालागि नेपालीकांग्रेस लचिलो भएको भन्दै सत्तासिन पार्टी नेकपाले हाम्रो लचिलोपनको फाइदा उठाउन खोज्यो, सभापति विसीले भने ‘निर्वाचित जनप्रतिनिधिले समग्र नागरिकहरुको अभिभावक भए पनि अभिभावकको भूमिका निर्वाह गर्न नसके बताए ।’

दैलेख जिल्लालाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले एकलौटी चलाउन खोजेको भन्दै जिल्लाको विकास र समृद्धीका लागि नेपालीकांग्रेस सल्लाह, सुझाव र समन्वयको पक्षामा रहेको औल्याए । नारायण नगरपालिकाले आफुहरुले राखेका जायज मागहरु सम्बोधन नगरे चरणबद्ध आन्दोलनमा जाने घोषणा गरे ।

नारायण नगरपालिकामा नेपालीकांग्रेसका जनप्रतिनीधिहरुले राखेको माग सम्बोध नगर्न नगर प्रमुखले कुनै पहल नगरेको आरोप लगाउदै विसीले नारायण नगरपालिकाका सत्तासिन पार्टीले बहुमतको दम्भ देखाउन खोजेको धारणा राखे । पत्रकार सम्मेलनमा बोल्दै नेपालीकांग्रेसका क्षेत्रिय सभापति गणेश उपाध्यायले नेपालीकांग्रेससंग जनमतको बहुमत रहेको बताउदै स्थानीयतहरुले राजनितीक पूर्वाग्रका आधारमा कर्मचारीलाई हाजिर नगराउनु लज्जास्पद भएको धारणा राखे । नारायण नगरपालिकाको नगरपरिषद अवैध रुपमा संचालन भएको बताउदै उपाध्यायले पुनःनगर परिषद बोलाउनु पर्ने माग गरे । जिल्लाको नारायण नगरपालिकाले कार्यकर्ता भर्ती गर्न कर्मचारीको दरबन्दी सृजना गरेको भन्दै त्यसलाई सच्चाएर अगाडी बढ्न आग्रह गरे ।

नारायण नगरले विषयगत समितिमा नेपालीकांग्रेसबाट निर्वाचित प्रतिनीधिहरुलाई नराखेर बहुमतको दम्भ देखाएको आरोप लगाए । अहिलेको सरकारले जनताले थेग्नै नसक्ने कर बृद्धि गरेको भन्दै त्ययसलाई सच्चाउनु पर्ने बताए । अर्को प्रशंगमा क्षेत्रिय सभापति उपाध्यायले जिल्ला समन्वय समिति दैलेखले जिल्लाका ११ वटै स्थानीयतहसंग समन्वयगर्न नसकेको आरोप समेत लगाए ।

भक्तपुर न्यूज