☰ open Loading... 18 November 2024|  

स्टे होटलले ल्यायो गढीमा तीज विशेष अफर
  | ९ भाद्र २०७५, शनिबार १७:३३

सुर्खेत । हरितालिका तीजलाई लक्षित गर्दै स्टे होटल भ्याली भ्यू प्रा.लि.ले विशेष अफर ल्याएको छ । वीरेन्द्रनगर–१४ गढीमा रहेको स्टे होटलले तीजको अवसर पारेर महिला दिदिबहिनीहरुको लागि अफरहरु ल्याएको हो ।


महिला दिदिबहिनीहरुको महान पर्व तीजको अवसर पारेर विभिन्न प्याकेज ल्याएको प्रा.लि.का अध्यक्ष तर्कबहादुर शाहीले जानकारी दिए । सञ्चालक समेत रहेका शाहीले महिला दिदिबहिनीहरुको पर्व तीजलाई उत्सवका रुपमा मनाउने गरी विभिन्न योजनाहरु अघि सारेको पत्रकार सम्मेलनमा बताए ।

तीजको दिनमा स्थानीय टोल विकास संस्थासँगको सहकार्यमा रिर्सोटमा भव्य तीजी कार्यक्रमको आयोजना गरिने र उक्त कार्यक्रममा लाग्ने सबै खर्च रिर्सोटले नै व्यहोर्ने शाहीको भनाई छ ।

तीज कार्यक्रममा सम्पूर्ण स्थानीय महिलाहरुलाई आमन्त्रण गरिने उनले बताए । महिला दिदिबहिनीहरुले समुहमा आएर तीज कार्यक्रम गरे हलभाडा नलाग्ने र वीरेन्द्रनगरबाट जाने र ल्याउने यातायातको समेत प्रवन्ध होटलले नै व्यहोर्ने शाहीले उल्लेख गरे । तीन जनाको संयुक्त लगानीमा सञ्चालित उक्त होटल निर्माणमा हालसम्म सात करोड खर्च भएको शाहीले जानकारी दिए ।

‘अहिले केहि होटलहरुमा गलत धन्दा भइरहेको सुन्नमा आएको छ ।’ उनले भने, ‘तर हामी कदापी त्यसो हुन दिनेछैनौं । हामी पारिवारिक होटलको रुपमा यसलाई थप विकास गर्दै लैजानेछौं । सेवा प्रवाहमा कुनै पनि कमी हुन दिने छैनौं ।’

एक हजार जना भन्दा बढी अटने कर्णालीकै सबैभन्दा ठूलो हलसमेत रहेको उक्त रिर्सोटमा २० ओटा कोठा छन । जसमा ५० जना अटन सक्ने कम्पनीका म्यानेजर राजबहादुर शाहले बताए ।

‘हामीले यहाँ ५० जनालाई रातीमा राख्न सक्छौं ’ उनले भने, ‘त्यो भन्दा बढी ग्राहक भएको खण्डमा हामी हाम्रो ग्रुपको लगानी भएका वीरेन्द्रनगरका होटलमा बास बस्ने व्यवस्था मिलाउन सक्छौं ।’