सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यपश्चिमाञ्चल विश्वविद्यालयहरुलाई प्राज्ञिक थलोको रुपमा विकास गर्न निर्देशन दिएका छन् ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतको आठौं साधारणसभालाई आज बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पठनपाठनलाईभन्दा बढी देशलाई आवश्यक पर्ने अध्ययन अनुसन्धान हुनु जरुरी रहेकाे बताउएका हुन् ।
सरकारले देशलाई आवश्यक पर्ने जनशिक्तिको पहिचान गरी त्यसै अनुसारको विद्यालय र कलेजहरु खोल्ने तयारी गरेको जानकारी पनि प्रधानमन्त्री ओलीले दिए । विश्वविद्यालयहरुले संख्यामाभन्दा पनि गुणस्तरमा ध्यान दिनुपर्ने भनाई प्रधानमन्त्री अाेलीकाे थियाे ।
यसैविच, प्रधानमन्त्री अाेलीले योजनावद्ध विकास नगरे गन्तव्यमा पुग्न नसकिने पनि बताए । सरकारले विकासलाई तिव्र गतिमा बढाउनु पर्ने भएकोले योजनावद्ध रुपमा अघि बढ्नु आवश्यक रहेको उल्लेख गरे । एमयुकाे अाठाैं साधारण भने जारी छ ।