कालिकोट : कर्णाली राजमार्गमा पर्ने खाँडाचक्र नगरपालिका–३ मोल्फा बजार र घोडेना गाउँमा बीचमा पहिरो आउँदा १०८ घर परिवार बिस्थापित भएका छन् । पहिरोका कारणले मोल्फा बजारका ५२ घरधुरी र घोडेना गाउँका ५६ घरधुरी विस्थापित भएका हुन् ।
पहिरोका कारणले दुबै गाउँका १०८ घरधुरी उच्च जोखिमका रहेको सुरक्षित बासस्थानका लागि अन्यन्त्र सारिएको छ । पहिरोका कारणले सयौं हेक्टरमा लगाइएको अन्न बाली नष्ट भएको र दुई घर परिवारका सदस्य पूर्व रुपमा विस्थापित भएको प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले बताए ।
‘पहिराको कारणले दुई गाउँ उच्च जोखिममा रहेका छन् ।’ उनले भने, ‘जोखिममा रहेका परिवार सुरक्षित वासस्थानमा वस्नका लागि आग्रह गरिएको छ ।’ सोमबार बिहान करिब २ वजेतिर आएको पहिरोेले स्थानीय सबैलाई गाउँ छाड्न बाध्य खाँडाचक्र नगरपालिका–६ का वडा अध्यक्ष जगधीश शाहीले बताए ।
‘गाउँ कै छेउमा फुटेको पहिरोको कारणले गाउँ नै उच्च जोखिममा रहेको छ ।’ उनले भने, ‘जोखिममा रहेको बस्तीलाई अयन्त्र सार्ने तयारी भएको छ।’ पहिरोका कारणल स्थानीय पदमबहादुर शाहीको घर पूरै भासिएकाले छ ।