| ११ भाद्र २०७५, सोमबार २१:०९
सुर्खेत । यसबर्षको वाटु थापा स्मृति पत्रकारिता पुरस्कार पत्रकार विशाल सुनारले पाएका छन् । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखको २१ औँ बार्षिक उत्सब तथा साधारण सभामा एपिवान टेलिभजन दैलेखका सम्वाददाता सुनारले पाएका हुन् ।
दैलेखमा रहेर महिला, दलित, पिछडिएका वर्ग, बालबालिकाका क्षेत्रमा खाेजमूलक पत्रकारीता गरेको भन्दै वाटु स्मृति पुरस्कार प्रदान गरिएको छ ।
सम्पादक सुनारलाई जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम बहादुर थापा, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका अध्यक्ष हिरासिंह थापा र पूर्व अध्यक्ष सिता रानाले पत्रकार सुनारलार्इ दश हजार एक रूपैयाँ नगद र सम्मान पत्रबाट पुरस्कृत गरेका थिए । सुनार एपिवान टेलिभिजनका दैलेख संवाददाता हुन् भने बेलासपुर राष्ट्रिय साप्ताहिक पत्रिकाका प्रकाशक/सम्पादक हुन् ।