Loading... 20 November 2018|   मङ्लबार, मंसिर ४, २०७५

पश्चिम नेपाल डटकमका सम्पादक हमाल सम्मानित

  |

सुर्खेत । पश्चिम नेपाल डटकमका सम्पादक राजेश हमाल  सम्मानित भएका छन् । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखको २१ औँ बार्षिक उत्सब तथा साधारण सभामा संस्थाकाे विकास लागि अार्थिक प्राविधिक सहयाेग गरेकाे भन्दै हमाल सम्मानित भएका हुन् ।

संस्थाद्वारा बाल मजदुर, बालविवाह, महिला हिंसा र राउटे उत्थानका लागि गरिने कार्यक्रममा हमालले याेगदान गर्दै अाएका थिए । दैलेख उद्याेग वाणिज्य संघका महासचिव समेत रहेका हमालले जिल्लाका सामाजिक गतिविधिमा संलग्न हुँदै अाएका छन् । उनी पछिल्ला वर्षहरूमा लायन्स क्लव अाफ दैलेख मार्फत प्रत्यक्ष रूपमा समाज सेवामा संलग्न छन् ।

प्रकाशित मितिः सोमवार, भदौ ११, २०७५     9:38:15 PM
error: Content is protected !!