सुर्खेत । कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश प्रहरी गठनदेखी डिजिटल विद्यालय निर्माणसम्मका कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री नरेश भण्डारीले कर्णाली प्रदेशलाई समृद्ध प्रदेश निर्माण गर्न विकास लागि शान्तिसुरक्षा कार्यक्रम अघि बढाएको जानकारी दिए । उनले प्रदेश प्रहरी गठन गर्ने, पाँच जिल्लाका कारागारहरुको पूर्वाधार निर्माण गर्ने जानकारी दिए ।
उनले प्रदेश निर्माणमा सवैकाे साथ अावश्यक रहेकाले सहयाेग गर्न अाग्रह गरे । केही दिनमै मन्त्रालयहरुमा पेपरलेस घाेषणा गर्न लागेकाे जानकारी दिएका मन्त्री भण्डारीले प्रदेशकाे शान्ति सुरक्षा प्रभावकारी बनाउन दश विषयमा विशेष अनुसन्धान गर्न विज्ञसहितकाे टाेली परिचालन गर्न लागेकाे बताए ।
यस्ता छन् मन्त्रालयले चाल आर्थिक वर्षका लागि सार्वजनिक गरेका कार्यक्रमहरु ः