☰ open Loading... 23 December 2024|  

स्थानीय तहबाटै जनताको एटिएम सेवा शुरु
  | १२ भाद्र २०७५, मंगलवार १८:२२

सुर्खेत । कर्णाली प्रदेशमै पहिलो पटक जनता बैंकले स्थानीय तहमा एटिएम सेवा शुरु गरेको छ । वीरेन्द्रनगरदेखी पूर्वी सुर्खेतमा रहेको गुर्भाकोट नगरपालिकाको मेहलकुनामा बैंकले मंगलबारदेखी एटिएम सेवा शुरु गरेको हो ।

नागरिकहरुको माग अनुसार जनताको शाखा रहेको मेहलकुनाबाटै एटिएम सेवा सञ्चालनमा ल्याएको जनता बैंक सुर्खेतका प्रवन्धक पदम तिमिल्सेनाले जानकारी दिए । मेहलकुनामा एटिम सेवा शुरु गरेसंगै ग्राहकहरुलाई चेक बोकेर बैंकमा लाइन लाग्नु पर्ने झन्झन्टको अन्त्य हुने बताए ।

जनताको मेहलकुना शाखामा झण्डै आठसय ग्राहक छन् । दुई महिना अघि मात्रै जनताले गुर्भाकोटमा शाखा विस्तार गरेको थियो । कर्णाली प्रदेशका जाजरकोटको छेडागाड नगरपालिका, जुम्लाको तातोपानी, हुम्लामा जनता बैंकका शाखा रहेको तिमिल्सेनाको भनाई छ । उनका अनुसार हुम्लाका तीन स्थानीय तहहरुमा शाखाहरु विस्तार गर्न लागिएकाे छ ।