☰ open Loading... 23 December 2024|  

हिल्साले काठमाडौं रुटमा बस सञ्चालन गर्ने
  | १२ भाद्र २०७५, मंगलवार १८:३१

सुर्खेत । हिल्सा पब्लिक यातायात प्रा.लि.ले बुधबारदेखी काठमाडौं रुटमा रात्रीकालिन सेवा शुरु गर्ने भएको छ । सुविधा सम्पन्न बसहरु भित्र्याएको प्रा.लि.ले बुधबारदेखी नियमित रुपमा सुर्खेत–काठमाडौं र काठमाडौं–सुर्खेत बस सेवा शुरु गर्न लागेको हो ।


प्रदेशकै युरो तीन एयर हिल्सा बसबाट काठमाडौं सेवा सञ्चालन गर्न लागेको प्रा.लि.का अध्यक्ष नयानन्द आचार्यले जानकारी दिए । उनले यात्रुहरुको मागलाई मध्यनजर गर्दै सुर्खेत काठमाडौं नियमित बस सेवा शुरु गर्न लागेको बताए ।

बसमा यात्रुका लागि डिफ्रिज, फ्रि–वाईफाई, सिसि क्यामरा, हिटर, कुलर, युएसबी चार्जर र यात्रु सिटमा सिट बेल्डको व्यवस्था गरिएको आचार्यको भनाई छ । सुर्खेत र काठमाडौंबाट दैनिक साँझ ५ बस छुट्नेछ ।

प्रा.लि.ले प्रतियात्रु भाडा एक हजार पाँचसय मात्रै कायम गरेको छ । एयर हिल्सा नाम दिइएको बस प्रा.लि.ले ८६ लाख मुल्यमा सुर्खेत भित्र्याएको हो । अाचार्यले केही दिनमै नर्मल बसहरु समेत काठमाडाैं रुटमा छुटाउने तयारी भइरहेकाे बताए ।