☰ open Loading... 16 April 2024|  

खोलाले बगाउदा बालकको मृत्यु
  | १३ भाद्र २०७५, बुधबार ०७:५५

दैलेख । खोलाले बगाउदा एक बालकको मृत्यु भएको छ । गुराँस गाउँपालिका–८ खनारास्थित विद्यालयबाट घर फर्कने क्रममा खोलाले बगाउदा ९ बर्षीया सुनिल ओलीको मृत्यु भएको हो । प्रहरीले जनाएको छ ।

धरमपोखरा प्रहरी चौकीका साहयक इन्चार्ज गोपाल सिह पुजाराका अनुसार उनलाई खोलाले बगाएको थाहा पाए लगत्तै स्थानीयको सहयोगमा अस्पताल लैजाँदै गद गर्दा मृत्यु भएके हो ।

सुनील स्थानीय ग्रिनल्याण्ड विद्यालयमा २ कक्षामा अध्ययनरत थिए । सुनिल गुराँस गाउँपालिका वडा नम्बर ८ खनाराका राम बहादुर ओलीका छोरा हुन् ।