सुर्खेत । सल्यानमा गएराती घरको दलिन भाँचिदा एउटै परिवारका ५ जनाको मृत्यूकाे घटनाले दुखी बनाएकाे कर्णाली प्रदेशका अार्थिक मामिला तथा याेजना मन्त्री प्रकाश ज्वालाले बताएका छन् ।
शाेक वक्तव्य जारी गर्दै मन्त्री ज्वालाले बागचौर नगरपालिका वडा नं ४ सेतिगुँरासमा घर भत्किदा रामसिंह बि.क., उहाँकी श्रीमती रामकली विक, छोरीहरु गंगा विक र प्रमीला विक तथा छोरा रुपलाल विकको दुःखद निधन भएको र घर एवं घरको सामान क्षति भएको खबरले अत्यन्त मर्माहत भएको उल्लेख गरेका हुन् ।
उनले अबिरल बर्षासँगै आएको पहिरोको कारण सल्यानको छत्रेश्वरी २ दमाचौर दहखोलामा मंगलबार स्थानीय याम बहादुर ओली, लक्ष्मण केसी र प्रेम केसीको घरमा पूर्णरुपमा क्षती पु¥याएको र घर भत्किदा याम बहादुर ओलीको परिवारका ८ जना, लक्ष्मण केसीको परिवारका ५ जना र प्रेम केसीको परिवारका ३ जना गरी १५ जना बिस्थापित भएको, घरमा रहेका सामान क्षति भएको कुराले दुःखी बनाएको बताए ।
‘स्थानिय महेन्द्र वली, तोकमान वली, चाँदनसिंह वली, गणेश कुमार वली, राकेश पुन र गणेश खड्को घरपनि उच्च जोखिममा रहेको खबरले गंभिर बनाएको छ’ शाेक बक्तव्यमा भनिएकाे छ ।
यी घटनाहरुप्रति कर्णाली प्रदेश सरकारको गंभिर ध्यानाकर्षण भएको मन्त्री ज्वालाले बताए । सरकारकोतर्फबाट मृतकका परिवार, विस्थापित र गंभिर जोखिममा रहेका नागरिकको लागि आवश्यक राहत सहयोगको व्यबस्था गर्ने प्रतिवद्धता मन्त्री ज्वालाले जनाएका छन् ।
‘कर्णाली प्रदेश सरकारकोतर्फबाट र जन प्रतिनिधिको नाताले मेरो तर्फबाट सबै मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली तथा घाईतेको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु’ शाेक वक्तव्यमा भनिएकाे छ, ‘दुःखद घटनाबाट पीडितहरुको लागि उद्धार तथा आवश्यक सहयोग गर्नका लागि संबन्धित सरकारी निकाय, स्थानीय सरकार, विभिन्न संघसंस्था र व्यक्तिहरुसँग हार्दिक अनुरोध गर्दछु ।’

