| १३ भाद्र २०७५, बुधबार १८:०८
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले १५ दिनको अवधिमा विभिन्न अपराधमा संलग्न ३९ जनालाई कारवाही गरेको जनाएको छ । बुधबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी प्रहरी प्रमुख एसपी वषन्त रजौरेले यस्तो जानकारी दिएका हुन् ।
उनका अनुसार मंगलबार मात्रै प्रहरीले १५ ग्राम ६ सय मिलिग्राम ब्राउन सुगर सहित ५ जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगरको सुब्बाकुनामा चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको एसपी रजौरेले जानकारी दिए ।