☰ open Loading... 25 December 2024|  

मुलुकी संहिता संशोधन गर्न पत्रकारको माग
  | १३ भाद्र २०७५, बुधबार १९:१२

सुर्खेत । सरकारले ल्याएको नयाँ मुलुकी ऐन सहिंताले पत्रकारलाई अंकुश लगाएकोमा विरोध जनाइएको छ । नेपाल पत्रकार महासंघ सुर्खेतले प्रेस तथा अभिव्यक्ती स्वतन्त्रता विषयक अन्तरक्रियामा सहभागी वक्ताहरुले नयाँ मुलुकी संहिताले अंकुश लगाएकोमा विरोध जनाएका हुन् । उनीहरुले तत्काल मुलुकी संहितालार्इ संशाेधन गर्न माग पनि गरेका छन् ।


नेपाल पत्रकार महासंघ सुर्खेतका पुर्व अध्यक्ष श्रीधर पौड्यालले नयाँ लागु भएको मुलुकी ऐन सक्षम पत्रकार बन्नेहरुका लागि यो कानुन बाधक रहेको बताए । खोजी पत्रकारिता गर्नेहरुका लागि कानुनले अवरोध गरेको उनको भनाई छ ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका कर्णाली प्रदेश अध्यक्ष दुर्गाा थापाले सरकारलाई पत्रकार बिरुद्ध ऐन बनेको महसुस गराउनुपर्नेमा जोड दिए ।पत्रकारहरु एक जुट भई नयाँ लागु भएको ऐन संसोधन गर्न सरकारलाई दबाब दिनुपर्ने उनले बताए ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका विषयमा सुर्खेतको वीरेन्द्रनगरमा छलफल गरिएको छ । नेपाल पत्रकार महासंघ सुर्खेतको आयोजनामा भदौ १ गतेदेखि लागु भएको मुलुकी संहितामा व्यवस्था गरिएको गोपनीयता विरुद्धको कसुरसम्बन्धी छलफल गरिएको हो ।

कार्यक्रममा बोल्दै उच्च बार यसोसियसनका अध्यक्ष्य उत्तम आर्चायले पत्रकारमाथि अंकुश लगाउने खालका व्यवस्था ऐनमा भएको भए संशोधन गर्न सकिने पनि बताए ।

यद्यपी पत्रकारले गोपनीयताको ख्याल गरेर पत्रकारिता गर्नुपर्नेमा उनको जोड छ । आफ्नो अधिकार प्रयोग गर्ने क्रममा अरु कसैको अधिकार हनन् गर्न नहुने उनको भनाई छ ।