☰ open Loading... 20 April 2024|  

‘महाभारत’ का लागि आमिरले चुने प्रभास, हिरोइन पनि फाइनल
  | १४ भाद्र २०७५, बिहीबार १८:०९

मुम्बई – आमिर खानको ड्रिम प्रोजेक्ट ‘महाभारत’ को पछिल्लो समय चर्चामा छ । एउटा फिल्ममा महाभारतको पूरै भागलाई समेट्न निकै गाह्रो छ । त्यसैले आमिरले महाभारतको कथालाई तीन भागमा निर्माण गर्दैछन् ।

आमिर निकट सूत्रले फिल्मका बारेमा केही जानकारी बाहिर ल्याएको छ ।

आमिर खानले यो फिल्मका लागि बाहुबली स्टार प्रभासलाई सम्पर्क गरेका छन् । बाहुबलीमा प्रभासले जसरी अभिनय गरेका छन्, उक्त भूमिकाबाट प्रभावसँग आमिर प्रभावित भएका थिए । यसैले पनि प्रभावसलाई आमिरले महाभारतमा जोड्न चाहन्छन् ।

तर, प्रभासलाई कुन भूमिका दिइनेछ भन्नेमा भने अहिले कुनै जानकारी दिइएको छैन । सूत्रका अनुसार प्रभासले अर्जुनको भूमिका निभाउन सक्नेछन् ।

यो फिल्मका लागि एक काबिल निर्देशकको पनि जरुरी छ । आमिरले यो बागडोर बाहुबलीकै निर्देशक एसएस राजामौलीलाई सुम्पिन चाहन्छन् । राजामौलीले ठूलो बजेटको फिल्मलाई राम्रो तरिकाले निर्देशन गर्न सक्छन् । उता राजामौली पनि महाभारतमा फिल्म बनाउन चाहन्छन् ।

आमिर चाहन्छन् कि, राजामौली र आमिर मिलेर एउटा शानदार फिल्म बनाउन् ।

आमिर खानले पनि यो फिल्ममा महत्त्वपूर्ण भूमिका निभाउनेछन् । कर्ण या कृष्णको भूमिकामा उनी हुने सम्भावना छ । सम्भवतः यो फिल्ममा कृष्ण बनून्, ताकि आमिर तीन पार्टमा अभिनय गर्नेछन् ।

सूचनाका अनुसार दौपद्रीको भूमिकामा दीपिका पादुकोणलाई फाइनल गरिएको छ । जुन तरिकाले ‘पद्मावत’ मा दीपिकाले अभिनय गरेकी थिइन्, उक्त अभिनयबाट आमिर प्रभावित भएका थिए । दीपिका यस रोलका लागि सुहाउने छिन् ।

तीन फिल्मको बजेट एक हजार करोड रुपैयाँ रहनेछ । खबरका अनुसार रिलायन्स इन्टरनेन्मेन्टले पनि आमिरको यो फिल्ममा लगानी गर्नेछ । तर, फिल्मको औपचारिक घोषणा भने अझै भएको छैन ।