☰ open Loading... 20 April 2024|  

दृष्टिविहीन क्रिकेटमा शिखर मावि विजयी
  | १६ भाद्र २०७५, शनिबार १६:०५

सुर्खेत । पहिलो पटक दृष्टिविहीनहरुको क्रिकेट प्रतियोगितामा शिखर मावि रामघाट ४१ रनले विजयी भएको छ । उपविजेता वागेश्वरी मावि राकम भएको छ ।

पाइनियर बहुउद्देश्यीय सहकारी संस्था लि. सुर्खेतको १५ औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको दृष्टिविहीन क्रिकेट प्रतियोगितामा बिजेता रामघाटले नगद ५ हजारसहित ट;फी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छभने उपविजेता राकमले नगद ३ हजारसहित टर्फी, मेडल र प्रमाणपत्र प्राप्त गरेको संस्थाका युवा तथा खेलकुद उपसमितिका संयोजक रमेश तुलाधरले जानकारी दिए ।

प्रतियोगिताको उद्घाटन कर्णाली प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले गर्दै फरक र विशेष क्षमता भएकाहरुका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने वचन दिइन् ।

उनले फरक क्षमता भएकाहरुमा पनि विशिष्ट प्रतिभा हुने भएकोले सहकारीले प्रतिभा पहिचानका लागि प्रदेशमै पहिलो पटक दृष्टिविहीनहरुको क्रिकेट प्रतियोगिताको आयोजना गरेकोमा सह्राना प्रकट गरिन् ।

नेपाल नेत्रहीन संघ कर्णाली प्रदेश अध्यक्ष सुरेश खड्काले दृष्टिविहीनहरुको प्रतिभा उजागर गर्नुपर्नेमा जोड दिदैं सवैसंग सहयोगको अपिल गरे ।

संस्थाका अध्यक्ष भीम भण्डारीले सहकारीको १५ औं स्थापना दिवसको अवसरमा रचनात्मक कार्य गर्न सफल भएको बताए । सो अवसरमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चन्द्रकुमार गिरी, उपाध्यक्ष जनकबहादुर रावललगायतको उपस्थिति थियो ।