☰ open Loading... 19 November 2024|  

शिक्षक पदमा नाम निस्कीएपछि वडा सदस्यबाट राजीनामा
  | १६ भाद्र २०७५, शनिबार १७:४९

जाजरकोट । जाजरकोटमा एक जनप्रतिनिधिले राजीनाम दिएर शिक्षक बनेकी छन । जुनिदाँदे गाउँपालिका वडा नं. ६ की वडा सदस्य गरिमा शाहीले राजीनामा दिएर शिक्षिका बनेकी हुन् ।


उनी वडा सदस्यबाट राजनीनामा दिएर छेडागाड नगरपालिका वडा नम्बर ७ को भानुभक्त आधारभुत विद्यालयको शिक्षक बनेकी हुन् । बिहीबार जिल्ला समन्वय समितिबाट राजिनामा बुझाएर जिल्ला शिक्षा समन्वय इकाइले लिएको परीक्षाबाट उत्तिर्ण भएर शिक्षक बनेकी हुन् ।

शाही कक्षा ६ देखि ८ सम्मको गणित विषयको शिक्षण सिकाई अनुदान दरबन्दीमा शिक्षक बनेकी जिल्ला शिक्षा समन्वय इकाई जाजरकोटका प्रमुख सुधिनराज बुढाथोकीले जानकारी दिए ।

बुढाथोकीका अनुसार शाहीले पदबाट राजिनाम दिएर परीक्षामा उत्तिर्ण भएपछि शिक्षक पदमा नियुक्त गरिएको हो । गत स्थानीय तहको चुनावमा जुनिचाँदे गाउँपालिका वडा नम्बर ६ की वडा सदस्यमा निर्वा्चित शाही तत्कालिन माओवादी केन्द्रबाट वडा सदस्य भई जिल्ला समन्वय समितिको सदस्य समेत निर्वा्चित भएकी थिइन् ।