☰ open Loading... 5 November 2025|  

सर्पको टोकाइबाट बालिकाको मृत्यु
  | १६ भाद्र २०७५, शनिबार १७:५७

सुर्खेत । सुर्खेतका शनिबार सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ ।

 सुर्खेतको पञ्चपुरी नगरपालिका-४ मा सर्पको टोकाइबाट लक्ष्मी शाहीको मृत्यु भएको छ ।

‘बिहान ६ बजे नै सर्पले टाेकेको रहेछ ।’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी श्यामसिंह चौधरीले भने, ‘उपचारका लागि वीरेन्द्रनगर ल्याउँदै गर्दा उनकाे बाटोमै मृत्यु भएको हो ।’

उनीसँगै पश्चिम सुर्खेतमा सर्पको टोकाइबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

सर्पको टोकाइबाट गएको साउन २२ गतेमात्रै पञ्चपुरी नगरपालिका-१० की १४ वर्षीय हरिकला उपाध्ययले ज्यान गुमाएकी थिइन् ।