☰ open Loading... 23 December 2024|  

बड्डिचौरमा निर्माणाधिन खानेपानी आयोजना सञ्चालन
  | १९ भाद्र २०७५, मंगलवार ०७:२७

सुशील खड्का
बड्डिचौर (सुर्खेत) । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरदेखी पश्चिम सुर्खेतको बराहताल गाउँपालिकामा पाँच करोड बढीको लागतमा निर्माण भएको खानेपानी आयोजना सञ्चालनमा आएको छ ।

बड्डिचौर खानेपानी तथा सरसफाई उपभोक्ता समितिले पाँच करोड ३७ लाख ९२ हजार लागतमा आयोजना निर्माण गरेर बराहतालको वडा नम्बर ५ र ८ का नागरिकहरुलाई खानेपानी वितरण गरेको हो ।


आयोजनाको खानेपानी तथा सरसफाई मन्त्री विना मगरले सोमबार उद्घाटन गरकी छन् । बराहताल गाउँपालिका–५ बड्डीचौरमा झण्डै १३ किलोमिटर दुरीमा रहेको डमारेखोलादेखी पाइपलाइनबाट खानेपानी ल्याइएको छ ।

याे पनि पढ्नुहाेस् : भेरी लिफ्टीङ्ग आयोजना यसैवर्ष शुरु हुन्छ : मन्त्री विना मगर

०६४ सालदेखी नै यहाँका नागरिकहरुलाई स्वच्छ खानेपानी पु¥याउन समितिले निर्माण शुरु गरेको थियो । समितिले करोडौं रकम खर्चेर खानेपानीकै लागि घण्टौं हिड्न बाध्य नागरिकहरुलाई खानेपानी घर–घरमा वितरण गरेको छ ।

यहीँ आयोजनाका लागि ०६४–०७१ सम्म चार करोड ५६ लाख २० हजार, वैकल्पिक खानेपानीको मुहानबाट पानी पोखरीसम्म पाइप लाइन विस्तार गर्न २६ लाख ४० हजार, ०७२ मा एक सय घनमिटरको पानी पोखरी निर्माण गर्न २१ लाख, ०७२ मै धुलेचौरमा ६ घनमिटरको पानी पोखरी निर्माण लागतमा चार लाख ५६ हजार खर्च भएको समितिका अध्यक्ष अर्जुनकुमार बुचा मगरले जानकारी दिए ।

उनका अनुसार आर्थिक वर्ष ०७३÷०७४ मा मर्मत सुधार बजेट कोषको २१ लाख र जनश्रमबाट चार लाख २० हजार तथा ०७२ मा ६ घनमिटरको पानी पोखरी निर्माणमा चार लाख ५६ हजार बजेट खर्च भएको छ । यो रकम सरकारी अनुदान र जन श्रमदानको हो ।

आयोजना सम्पन्न भएर सञ्चालनमा आएपछि बराहताल गाउँपालिका–५ र ८ का तीनहजार पाँचसय ७७ घरधुरी लाभान्वित भएका छन् । समितिले दुई लाख २८ हजार लिटरका पानी पोखरी निर्माण गरेको छ । उनले चालु आर्थिक वर्षमा वडा नम्बर ८ का उपभोक्ताहरुलाई गुणस्तरिय पानी खुवाउने लक्ष्य राखिएको उल्लेख गरे ।

यही आर्थिक वर्षमा आयोजना पूर्ण रुपमा सम्पन्न गरेर थप सातसय ७२ धारा वितरण गर्ने समितिले जनाएको छ । यी मध्य सार्वजनिक धारा १० र भने न्यून आम्दानी भएका चार घरमा धारा जडान गरिने अध्यक्ष मगरको भनाई छ ।

बराहताल गाउँपालिकाका समाजसेवी तथा युवा नेता डम्बर गरञ्जा मगरले बड्डीचाैर खानेपानी अायाेजना सञ्चालन अाएपछि यहाँका नागरिकहरूलार्इ सहज भएकाे जानकारी दिए । उनले खानेपानीका लागि घटाैं टाढा रहेका मुहान र खाेला धाउन बाध्य नागरिकलार्इ अायाेजनाले राहत पुर्याएकाे बताए ।