वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १ बांगेशीमलमा ०५७ सालमा स्थापना भएको हो माउण्ट एभरेष्ट वोर्डिङ स्कुल । गुणस्तरिय शैक्षिक थलोको रुपमा विकास गर्न हेमप्रकाश ढुंगाना, उहाँकी जीवन संगीनी लक्ष्मीकुमारी धमला, मानबहादुर केसी, यादवप्रसाद न्यौपाने र श्यामलाल ढकालले स्कुल स्थापना गरेका हुन् । झण्डै १८ वर्ष पार गरेको माउण्ट एभरेष्ट स्कुलले पूर्वाधारहरुको विकाससंगै गुणस्तरिय शिक्षामा आफूलाई अग्रस्थानमा उभ्याइसकेको छ । विद्यालयका आगामी योजना र यो स्थानसम्म आइपुग्न विद्यालयले गरेका प्रयासहरुबारे माउण्ट एभरेष्ट वोर्डिङ स्कुलका सञ्चालक तथा प्रिन्सीपल हेमप्रकाश ढुंगानालाई पश्चिमनेपाल डटकर्मी सुशील खड्काले गरेका कुराकानीको सम्पादित अंश ः–
माउण्ट एभरेष्ट स्कुलको परिकल्पना कसरी गर्नुभयो ?
वीरेन्द्रनगरको बांगेशीमलमा नीजि स्तरबाट विद्यालयहरु सञ्चालनमा थिएनन् । हामीले यहाँका बालबालिकाहरुलाई शिक्षा प्रदान गर्न २०५७ सालमा सानो कमिटी बनाएर स्थापनाको परिकल्पना गरेका हौं । यहाँका अभिभावकहरुको आग्रह अनुसार नै विद्यार्थीहरुलाई गुणस्तरिय शिक्षा प्रदान गर्न हामीले विद्यालय स्थापना गरेका हौं । साझा उदेश्यका लागि विद्यार्थीहरुलाई टिकाई राख्न, गुणस्तरिय शिक्षा प्रदान गर्नु हाम्रो उदेश्य हो ।
गुणस्तरिय शिक्षा दिन र विद्यार्थीहरुको आकर्षण बढाउन कस्ता योजना बनाइराख्नु भएको छ ?
विद्यालयमा पढाउने शिक्षकहरुलाई पेशाप्रति समर्पित गराउने वातावरण सिजना ग¥यौं । किनकी शिक्षकलाई अब्बल नबनाएसम्म शैक्षिक गुणस्तर कायम गर्न सकिदैन् । योसंगै हामीले अभिभावकसंग सुझाव लिँदै आएका छौं र आगामी दिनमा पनि यसलाई थप निरन्तरता दिइराख्ने छौं । विद्यार्थीहरुले पढाईमा ध्यान दिएन दिएको बारेमा मासिक परिक्षा सञ्चालन गर्छौं ।
पढाईमा राम्रो र नराम्रो भएका बालबालिकाहरुको विवरण संकलन गर्नमा यसले सहयोग पु¥याइरहेको छ । शैक्षिक पात्रो अनुसार विद्यालयको आन्तरिक बैठकसंगै अभिभावकका जिज्ञासाहरु सम्वन्धित शिक्षकहरुबाटै दिने संस्कार बसाएका छौं । शैक्षिक गुणस्तरलाई ध्यान दिन विभिन्न विभागहरु गठन गरेर जिम्मेवारी तोकेका छौं ।
रिजल्टको मापन परीक्षा हो । त्यसैले शत प्रतिशत विद्यार्थी उत्तिर्ण गराउन विद्यालयले कुनै कसर बाँकी राखेको छैन् । ०७० देखी ०७२ सम्म शतप्रतिशत विद्यार्थीहरु पास भएका छन् । एसइइको अवधारणा शुरु भएपछि पनि नतिजा राम्रो हुँदै गएको छ ।
नीजि विद्यालयले देखाउनकै लागि संरचनाहरु खडा गरिरहेका हुन्छन् तर तपाईँले भवनसंहितालाई पालना कसरी गर्नुभएको छ ?
शुरुमा हामीले विद्यालयलाई सञ्चालन गर्न निकै सघर्ष ग¥यौं । वामे सार्दै गरिएको प्रयास टेको लगाएरै हामी अघि बढेका हौं । टहरोबाट स्थापना भएको विद्यालयमा पाँचसम्म पढाउने योजना मात्रै थियो ।
हामीले विद्यालयको आफ्नै संरचना बनाउन पैतृक सम्पत्ती र केही जग्गा खरिद ग¥यौं । विद्यार्थीहरुको चाप अनुसार भवनहरु थप्दै गयौं । अहिले हामीसंग चार तलाका दुई भवन छन् । जुन भुकम्प मापदण्ड अनुसारका भवन हुन । हामीसंग अहिले विद्यालयको क्षेत्रफल ६ कठ्ठामा फैलिएको छ ।
विद्यार्थीहरुको चाप बढाउने मात्रै नभई हामीले भवनको संरचना बलियो र टिकाउ बनाउन जहिले पनि ध्यान दियौं । किनकी विद्यार्थीहरु बढाउनु मात्रै ठूलो हैन उनीहरुको सुरक्षासंगै शिक्षा राम्रो दियौं भने सार्थकता पाउछ र सबैको माया पाउँछौं भन्नेमा ध्यान दियौं । सुरक्षामा सजकता अपनाए मात्रै गुणस्तरिय शिक्षाको दिन सकिन्छ । त्यहीँ सोचलाई हामीले व्यवहारत् लागु गर्न सफल भयौं ।
कहाँसम्मका विद्यार्थीहरु यो विद्यालयमा पढ्न आउँछन् ?
हामीसंग अहिले १० सम्म पढ्ने विद्यार्थीहरुको संख्या एक हजार चारसय ६० जना छन् । प्लस–टुतर्फ झण्डै ७० विद्यार्थी छन् । वीरेन्द्रनगरको बांगेशीमसहित फलाटे, ठौंरी, तातापानी, मुलपानी, कालुन्चोकसम्मका विद्यार्थीहरु हामी कहाँ पढिरहनु भएको छ । टाढाका विद्यार्थीहरुलाई ल्याउन र लैजान दुई ओटा बसको व्यवस्था गरेका छौं ।
सस्तो भाडादर कामय गरेर उनीहरुलाई पु¥याई रहेका छौं । दुरीको आधारमा विद्यार्थीहरुलाई भाडा दर कायम गरेकै कारण कालुन्चौकसम्मका विद्यार्थीहरु आइराख्नु भएको छ । प्रत्यक्ष रुपमा विद्यालयले ५५ जनालाई रोजगारी दिएको छ । विद्यार्थीको चाप घटेको छैन तर झन बढ्दो क्रममा छ ।
प्लस टुको योजना कसरी ल्याउनु भयो ?
हामीले विद्यालयको परिकल्पना गर्दा पाँचसम्म जसोतसो चलाइएला भन्ने सोचेका थियौं । तर विद्यार्थी र अभिभावकहरुको मायाले क्रमिक रुपमा कक्षाहरु थप्दै १० सम्म पु¥याएका हौं । ०७३ सालदेखी हामीले व्यवस्थापन र विज्ञान संकायको अनुमति लिएर प्लस–टुमा कक्षाहरु शुरु ग¥यौं ।
यसै विद्यालयमा पढिरहेका विद्यार्थीहरुलाई यहीँ उच्च शिक्षा हासिल गरुन भन्ने हेतुले स्थापना गरेका हौं । विज्ञान संकायमा यसअघि पढिराख्नु भएका १७ जना विद्यार्थीहरु पास भए । जिल्लामै पहिलो विद्यालय बनाउन हामीले सतप्रतिशत विद्यार्थीहरु उत्तिर्ण गराउन सफल भयौं । हामीले पढाइरहेका विद्यार्थीहरु अहिले विश्व बजारमा विक्री भइराख्नु भएको छ । हामीले रकमभन्दा इज्जत र गुणस्तरिय शिक्षामा जोड दिइरहेका छौं ।
एउटै वडामा धेरै विद्यालयहरु स्थापना भइराखेका छन् यसले शिक्षामा कस्तो असर गर्छ ?
अहिले देखावटीका लागि विद्यालयहरु खोल्नेक्रम बढ्दो छ । एक वडामा कम्तिमा दुई ओटा विद्यालयहरु आवश्यक हो । तर गुणस्तरिय शिक्षाका लागि राज्यले नियमन गर्न जरुरी छ ।
मकैको फूला बाँडेसरी विद्यालयहरुको अनुमति दिँदा कम्तीमा त्यहाँको आवश्यकता बारे ख्याल पु¥याउन पर्छ । यसले विद्यालयलको शैक्षिक गुणस्तर थप बढ्छ भने नीजि विद्यालयहरु पनि आफैमा सक्षम बन्न सहयोग पुग्छ । विद्यालय सञ्चालन गर्न त्यहाँको वास्तविक आवश्यकता हो वा होइन भनेर विद्यालय सञ्चालन गर्ने हो शैक्षिक गुणस्तर राम्रो पनि बन्दैन् ।
विद्यार्थीहरुलाई खेलकुदमा पनि जोड दिन पूर्वाधारको अवस्था के छ ?
प्राथमिकतामा खेलकुद छ । तर पहिलो प्राथमिकता भनेकै शिक्षा हो । हामीले आउटडोर र इनडोर प्रतियोगताहरु पनि सञ्चालन गर्दै आएका छौं । खेलकुदमा पनि बालबालिकाहरुलाई अघि बढाउनु पर्छ भन्ने नै हो । तर खेलकुद नै सबै हैन् । ६ कठ्ठा क्षेत्रफल रहेको विद्यालयले विभिन्न खेलकुदका अभ्यासहरु पनि गराउँदै आएको छ ।
अन्त्यमा मैले सोध्न छुटाएको र तपाइँले भन्न चाहेको केही छ ?
हाम्रो विद्यालयका कमीकमजोरी भए औंल्याइदिन आग्रह गर्दछु । संस्थागत विद्यालयहरु पनि राम्रो भए सवैलाई सहयोग पुग्छ । कतिपयले गलत अवफाह फैलाइरहेका छन् । संस्थागत विद्यालयविना राज्यपनि अघि बढ्न सक्दैन् । तसर्थ कतिपय विद्यालयले बोर्डिङमा अध्ययनरत टप विद्यार्थीहरुलाई सामुदायिक विद्यालयले प्रलोभन देखाएर आफ्नो नजिता राम्रो भएको प्रचार गरिरहेका छन् ।
त्यसैले म उनीहरुलाई के भन्छु भने जगबाटै अब्बल विद्यार्थी बनाएर पास गराउन चुनौती दिन्छु । जस्ले विरुवा लगाउँछ उसैले फलको आशा गरेको हुन्छ । अन्त्यमा, यस विद्यालयमा पढेका विद्यार्थी मदन विक एयर क्राफ्ट इन्जिनियर पढ्न पूरै छात्रवृद्धिमा र भुपेन्द्र बोगटी अटो इन्जिनियर पढ्न बाह्य देश गएका छन् । अभिभावकहरुले आफ्नो बच्चाको निगरानी गर्न जरुरी छ । उसले पढे वा नपढेको बारेमा विद्यालयबाट जानकारी लिइदिन आग्रह गर्दछु ।