☰ open Loading... 24 December 2024|  

महाेत्तरीका ठाकुरकाे सुर्खेतमा मृत्यु
  | २१ भाद्र २०७५, बिहीबार १६:१४

सुर्खेत । सुर्खेतमा एक व्यक्तिको करेन्ट लाग्दा मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका–५ स्थित वडा अध्यक्षको घरमा काम गरिरहेका रविन्द्र ठाकुरको मृत्यु भएको हो ।

डामीमरै रतवार गाउँपालिका–४ महोत्तरी घर भएका ठाकुर वीरेन्द्रनगरमा काठ मिस्त्रीको रुपमा काम गर्दै आएका थिए । चिसापानीस्थित वडा नम्बर ५ का वडाध्यक्षको घरमा काठ च्यात्ने क्रममा फलामको सरियामा करेन्ट लिकहुँदा ठाकुरलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

करेन्ट लागेर घाइते भएका ठाकुरलाई देउती नर्सिङ होममा उपचारका लागि ल्याउदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले बतायो । ठाकुरको शव पोष्टमार्टका लागि क्षेत्रीय अस्पताल कालागाउँस्थित शवगृहमा राखिएको छ ।