| २२ भाद्र २०७५, शुक्रबार १५:०६
सुर्खेत । बिहीबार राती परेको अविरल वर्षाका कारण दुल्लू नगरपालिका-४ को शान्ति बजारमा घर भत्किदा तीन जना घाइते भएका छन् । कणबहादुर कार्कीको घर भत्किदा उनकी श्रीमती कमला भण्डारी कार्की, २ वर्षिय छोरा आदर्श कार्की र १३ वर्षिय छोरा आशिस कार्की घाइते भएका छन ।
कमला र अादर्शकाे अवस्था सामान्य छ उनीहरुकाे दुल्लु अस्पतालमा उपचार भइरहेकाे छ । गम्भीर घाइते अाशिषलार्इ नेपालगंज रिफर गरिएको छ ।
घर भत्किदा झण्डै ४ लाख बराबर क्षती भएको ईलाका प्रहरी कार्यलय दुल्लूका प्रहरी निरीक्षक बजिर सिंह बिस्टले जानकारी दिए । घरमा पुरीएको समान इलाका प्रहरी कार्यालय दुल्लूका प्रहरी र इन्द्र दल गुल्म दुल्लूको नेपाली सेनाले उद्धार गरेको छ ।