☰ open Loading... 18 November 2024|  

अमर ज्योतिमा वक्तृत्वकला
  | २२ भाद्र २०७५, शुक्रबार १७:३६

सुर्खेत । शिक्षा दिवसको अवसरमा अमर ज्योति नमूना माध्यामिक विद्यालयमा वक्तृत्व प्रतियोगता सम्पन्न भएको छ ।


शनिबार (आज) परेको ३९ औं राष्ट्रिय शिक्षा दिवस एवम् ५२ औं अन्तर्रास्ट्रिय साक्षरता दिवसको सन्दर्भमा कक्षा ११ र १२ का बिद्यार्थीबीच शुक्रबार वक्तृत्वकला सम्पन्न भएको हो ।

यस बर्षको शिक्षा दिवसको नारा “समाजवाद उन्मुख समृद्ध राष्ट्र निर्माणको आधार, दक्ष जनशक्ति विकास एवम् दीगो शैक्षिक पूर्वाधार’’ विषयक वक्तृत्वकला प्रतियोगितामा २९ जनाले भाग लिएका थिए ।

प्रतियोगितामा विज्ञान संकायमा कक्षा १२ मा अध्ययनरत दीपेन्द्र कुमार बिसी प्रथम, व्यवस्थापन संकाय कक्षा ११ का सुरेश गुरुङ द्धितीय, व्यवस्थापन संकायकै कक्षा १२ का दीर्घ बस्नेत तृतीय र नन्दा रोकायले सान्तोना पुरस्कार हात पारेका छन् ।

प्रतियोगिताको उद्घाटनका क्रममा बोल्दै वीरेन्द्रनगर नगरपालिका शिक्षा शाखा प्रमुख गजेन्द्र जि.सी.ले समृद्ध राष्ट्र निर्माणका लागि शैक्षिक जनशक्ति नभइनहुने बताए । राष्ट्रिय नाराका बिषयमा विद्यार्थीहरुलाई बुझाउन उदारणिय काम भएको भन्दै जि.सी.ले यस्तो अत्तिरिक्त कार्यक्रमहरुले विद्यार्थीको सिर्जनशिला अभिबृद्धि हुनेमा विश्वास व्यक्त गरे ।

सहायक प्रधानाध्यापक अमृतप्रसाद अधिकारीको अध्यक्षता रहेको कार्यक्रममा पूर्व शिक्षक डिल्लीप्रसाद उपाध्याय, शिक्षक शान्ता रेग्मी, लगायतले निर्णायक भूमिका निर्वाह गरेको शिक्षक भूपेन्द्रकुमार वि.सी.ले जानकारी दिए ।