☰ open Loading... 19 April 2024|  

मेहलकुनामा बजाजको फ्रि सर्भिस क्याम्प
  | २३ भाद्र २०७५, शनिबार १७:२६

सुर्खेत । बजाज कम्पनीको आधिकारीक विक्रेता असिम अटो पार्टसले आफ्ना ग्राहकहरुलाई फ्रि सर्भिस सेवा दिएको छ । वार्षिक रुपमा चार पटक यस्तो सेवा दिँदै आएको असिमले शनिबार मेहलकुनामा अटो रिक्साहरु फ्रि–सर्भिस गरेको हो ।

असिमले विभिन्न समयमा जिल्लाका मुख्य व्यापारिक क्षेत्रहरुमै पुगेर आफ्ना ग्राहकहरुलाई यस्तो सेवा दिने गरेको असिम अटो पार्टसका सञ्चालक लक्ष्मण कंडेलले जानकारी दिए ।

‘ग्राहकहरुलाई अटो बेच्नु मात्रै ठूलो हैन् । उनीहरुलाई आवश्यकता अनुसारको अटो बारे जानकारी दिन यस्तो कार्य गर्दै आएका छौं’ कंडेलले भने, ‘यो कार्य हाम्रो जारी रहन्छ ।’

फ्रि क्यापको आयोजना गरेर असिमले अटो चालकहरुका गुनासा सुन्ने र अटोमा देखिएका समस्या बारे समाधान गर्ने गरेको कंडेल बताउँछन् । कंडेलका अनुसार आगामी असोजमा पश्चिम सुर्खेतको बावियाचौरमा यस्तै फ्रि क्याम्पको आयोजना गरिने छ । सुर्खेतमा मात्रै बजाज कम्पनीका अटोहरुका ग्राहक झण्डै पाँचसयको हाराहारीमा छन् ।