| २३ भाद्र २०७५, शनिबार १७:२४
सुर्खेत । राष्ट्रिय समाचार समितिका सुर्खेत समाचारदाता लक्ष्मी भण्डारी र रेडियो भेरी एफएमका पत्रकार दिपा कोइराला सम्मानित भएकी छन् । सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको तीज विशेष कार्यक्रममा सुर्खेतको पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान गरेको भन्दै सिस्टर नेपाल काठमाडौंले भण्डारी र काइरालालाई सम्मान गरेको हो ।
कर्णाली प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले भण्डारी र कोइरालालाई प्रमाणपत्र सहित खादा ओढाएर सम्मान गरेकी थिइन् ।
भण्डारी सुर्खेतमा विगत ८ वर्षदेखी र कोइराला १५ वर्षदेखी पत्रकारीता क्षेत्रमा आवद्ध छन् । उनीहरुसहित सिस्टर नेपालले सामाजिक, सांस्कृतिक, शिक्षा, स्वास्थ्यलगायत विभिन्न विधामा योगदान पु¥याउने १३ जना महिलाहरुलाई संस्थाले सम्मान गरेको छ ।