☰ open Loading... 20 April 2024|  

सल्यानमा गाडी दुर्घटना एककाे मृत्यु दुर्इ घाईते
  | २५ भाद्र २०७५, सोमबार ०९:४८

बुद्धिमान पुन
सल्यान । सल्यानमा गाडी दुर्घटना हुदाँ एक जनाको मृत्यू भएको छ । जिल्लाको शारदा नगरपालिका १३ स्यानीखाल अत्तरकाँडामा गाडी दुर्घटना हुदाँ एक जनाको घटनास्थलमा नै मृत्यू भएको छ भने दुई जना घाईते भएका छन् ।

घरको झ्याल, ढोका सहितका सरसामान लिएर जिल्लाको बागचौरबाट दाङ तर्फ जादै गरेको लु १ च ५६६४ नम्बर को मालबाहक जीप आज बिहान करिब साढे ७ बजेतीर दुर्घटना भएको हो ।

दुर्घटनामा परेर बागचौर नगरपालिका १० मोलखा की ५५ बर्षिया हुकुमी बिकको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । यस्तै सोही ठाँउ कै अन्दाजी ५० बर्षिय बल बहादुर कामी गम्भिर घाईते भएका छन् । उनको श्रीनगरमा सामन्य उपचारपछि थप उपचारको लागी नेपालगञ्ज रिफर गरिएको छ ।

गाडी चालक अन्दाजी २२ बर्षिय कमल बिक सामान्य घाईते भएका छन् । उनको श्रीनगर स्थीत कान्तीपुर सामुदायिक अस्पतालमा उपचार भैरहेको छ । गाडी दुर्घटनाको कारण भने खुल्न सकेको छैन् ।