Loading... 20 November 2018|   मङ्लबार, मंसिर ४, २०७५

भुटानमा हुने साफ गेमका लागि कर्णालीबाट दुर्इ खेलाडी छनाैट

  |

सुर्खेत । साफ गेमका लागि कर्णाली प्रदेशबाट पहिलो पटक दुई जना खेलाडी छनौट भएका छन् । आगामी असोज १० गते (सेप्टेम्बर २६ ) भुटानमा हुन लागेको साफ यू–१९ फुटबल प्रतियोगिता लागि सुर्खेतका सिर्जनासिंह ठकुरी र सम्झना शर्मा छनौट भएका हुन् ।

उनीहरुले नेपाल फुटबल टिमबाट प्रतियोगितामा सहभागीता जनाउने छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले कर्णाली प्रदेशबाट दुई जना खेलाडीहरु छनौट गरेको जिल्ला फुटबल संघ सुर्खेतका उपाध्यक्ष प्रमोद हमालले जानकारी दिए ।

उनका अनुसार साफ फुटबल प्रतियोगितामा सहभागी जनाउने ठकुरी र शर्मा पहिलो खेलाडी हुन् । उनीहरु कोपिला भ्याली विद्यालयमा अध्ययनरत छात्रा हुन् ।

प्रकाशित मितिः सोमवार, भदौ २५, २०७५     6:46:06 PM
error: Content is protected !!