☰ open Loading... 19 April 2024|  

वराहतालमा कृषि क्याम्पस स्थापनार्थ कार्यदल गठन
  | २५ भाद्र २०७५, सोमबार २०:२०

सुर्खेत । पश्चिम सुर्खेतको बराहताल गाउँपालिकामा कृषि क्याम्पस स्थापनार्थ कार्यदल गठन गरिएको छ । गाउपालिकाको आयोजनामा बड्डीचौरमा सोमबार भएको सर्वपक्षीय भेलाले गाउँपालिका अध्यक्ष तेजबहादुर बस्नेतको संयोजकत्वमा कार्यदल गठन गरेको हो ।

कार्यदलको सदस्य सचिवमा यादव सापकोटा छन् । सदस्यहरुमा भने डम्मर गरंजा, ताराकेशर गौतम, घनश्याम पाण्डे, किरण वस्नेत, बवहादुर कठायत, नारायण सिग्देल, तिलक मर्साङि, भुमिसरा टमाटा, सुमित्रा गौतम, लक्ष्मी पुन, नन्दाराम अधिकारी र ईश्वर सुनार छन् ।

कार्यदलले प्रस्तावना पेश गर्ने, अार्थिक व्यवस्थापनकाे खाेजी र विज्ञहरूसंग अन्तरक्रिया तथा परामर्श गर्ने सदस्य  डम्मर गरंजाले जानकारी दिए । उनले क्याम्पस स्थापनाका लागि नेपाल सरकार विश्वविद्यालय तथा स्थानिय निकाय, प्रदेश सरकार, सांसदहरूसंग अपिल गर्ने बताए ।
कर्णाली प्रदेशकै कृषि विषय अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि बड्डीचाैरलार्इ शैक्षिक हवकाे रूपमा स्थापना गर्ने अाफूहरूकाे उदेश्य रहेकाे सदस्य  गरंजाकाे भनार्इ छ ।