☰ open Loading... 26 April 2024|  

काँक्रेविहारकाे मालारानी-काठमाडाैँ बस सेवा शुरु
  | २९ भाद्र २०७५, शुक्रबार ०९:०३

सुर्खेत । काँक्रेबिहार यातायात व्यवसायी संघले दशैंको अवसर पारेर ४ वटा नयाँ डिलक्स बस सञ्चालनमा ल्याएको छ । काठमाडौंबाट सुर्खेतको मालारानीसम्म चल्ने ४ वटा बस सञ्चालनमा ल्याइएको हो ।

संघका सचिव रमेश सापकोटाका अनुसार काठमाडौं छिन्चु हुँदै मालारानीसम्म चल्ने बस अत्याधुनिक, सुविधायुक्त र आरामदायी छ । संघले वर्षैपिच्छे नयाँ बस थप्दै आएको र यसवर्ष पनि दशैंमा यात्रुको सुविधालाई ध्यानमा राखेर डिलक्स बस सञ्चालनमा ल्याएको सापकोटाले बताए ।

सो क्षेत्रसम्म पुग्न अहिलेसम्म डिलक्स बस थिएनन्, अब त्यहाँका स्थानीयले काठमाडौंसम्मको यात्र आरामदायी बसमा गर्न पाउनेछन्,’ उनले भने ।

नयाँ सञ्चालनमा आएका बस मालारानीबाट दिउँसो साढे एक बजे छुट्ने छ भने काठडमाडौंबाट सवा ४ बजे मालारानीका लागि छुट्नेछ । सेवा असोज १ गतेदेखि नै सुरु हुनेछ । संघले भष्यिमा पनि यात्रुको सुविधालाई ध्यानमा राखेर बस थप्दै जाने योजना बनाएको छ ।