☰ open Loading... 20 April 2024|  

मृतकका अाफन्तलार्इ गुर्भाकाेटले दियाे राहत रकम
  | २९ भाद्र २०७५, शुक्रबार १७:२८

सुर्खेत । चट्याङ लागेर चार दिनअघि मृत्यु भएका गुर्भाकोट–१४ जगेपानीका प्रेमबहादुर कामीको परिवारलाई नगरपालिका र वडाले राहत उपलब्ध गराएका छन् ।

शुक्रबार घरमै पुगेर मेयर हस्त पुनले नगरपालिकाकातर्फबाट २० हजार र वडा अध्यक्ष ससबहादुर घलेले वडा कार्यालयकातर्फबाट पाँच हजार रुपियाँ सहयोग उपलब्ध गराए ।

सहयोग रकम हस्तान्तरण गर्दै मेयर पुनले चट्याङ लागेर घाइते भएकी प्रेमबहादुरकी श्रीमती खगिसराको उपचारमा पनि नगरपालिकाले सघाउने बताए । उनले सम्वन्धीत निकायसँग राहतको पहल पनि भइरहेको बताए ।

गत २६ गते राति परेको चट्याङले प्रेमबहादुरको मृत्यु हुनुका साथै उनकी श्रीमती खगिसरा घाइते भएकी थिइन् । यस्तै दुई गाई, एक गोरु र एक कुकुरको पनि चट्याङ लागेर मृत्यु भएको थियो ।