☰ open Loading... 20 April 2024|  

टेम्बो कम्पनीका कम मुल्यका स्क्रिन टच माेबार्इल सुर्खेत भित्रिए
  | ३० भाद्र २०७५, शनिबार १२:४९

सुर्खेत । कर्णाली प्रदेशलाई लक्षित गरि ज्वाला कम्प्यूटर सम्प्लायर्स सुर्खेतले भारतीय मोबाइल टेम्बोलाई कर्णाली प्रदेशमा भित्र्याएको छ । सस्ताे मुल्यमा सबैले सहजै किन्न सक्ने सादा सेटदेखी स्क्रिन टचसम्मका माेबाइलहरु सुर्खेतमा भित्र्याइएका हाे ।

 

टेम्बो मोबाइलको विषेशता सम्पूर्ण फिचरफोनमा वायरलेस एफ एम रहेको छ भने २ सय दिनको रिप्लेसमेण्ट वारेण्टीका साथै ३ सय ६५ दिनको स्क्रीनमा रिप्लेसमेण्ट वारेन्टी रहेको टेम्वो मोबाइलका नेपालकालागि नेशनल विजनेश हेड भुपाल क्षेत्रीले जानकारी दिए ।

कम्पनीले हाल बजारमा TA-2 र TA-3 मोडेलका सुपर स्मार्टफोन र ४ मोडेलका फिचर (किप्याड) मोबाइल फोन ल्याएको छ । फिचरफोनहरुको बजार मूल्य १२ सय ६९ देखि २२ सय ४५ सम्मको रहेको छ भने सुपरस्मार्ट फोनको बजार मूल्य क्रमशः ९ हजार ४ सय ९९ र १० हजार ३ सय ४९ रहेको छ ।

 

TA-2 सुपरस्मार्टफोनमा 4G नेटवर्क, 5″ को डिस्प्ले १ जिवी र्याम, १६ जिवी क्षमताको स्टोरेज र २५ सय एमएचको व्याट्री व्याकप क्षमता रहेको छ ।

त्यस्तै TA-3 सुपरस्मार्टफोनमा 4G नेटवर्क, 4.95″ को डिस्प्ले १ जिवी र्याम, १६ जिवी क्षमताको स्टोरेज र 21 सय एमएचको व्याट्री व्याकप क्षमता फिंगर प्रिन्ट सेन्सर र ५ मेगापिक्सेलको क्यामेरामा सेल्फिकालागि सेल्फि क्यामेरामा फ्ल्यास लाइट रहेको छ । टेम्बो मोबाइलकालागि नेपालमा आधिकारिक विक्रेता शंकराचार्य मोबाइल प्रा. लि. रहेको छ ।