☰ open Loading... 18 November 2024|  

घर घरमा पुगेर बै‌किङ्ग चेतना जगाउँदै जनता बैंक
  | ३० भाद्र २०७५, शनिबार १८:२२

सुर्खेत । नागरिकलाई बचत गर्ने बानीको विकास गर्न र बैंकिङ्ग चेतना बढाउन जनता बैंकले घरदैलो अभियान शुरु गरेको छ । गुर्भाकोटमा रहेको जनता बैंकको शाखाले शनिबार गुर्भाकोट नगरपालिका–१३ गुमीमा वित्तिय साक्षरता अन्तरगत घरदैलो कार्यक्रम गरेको हो ।


स्थानीय नागरिकहरुलाई बैंकिङ्ग सम्वन्धी जानकारी दिन घरदैलो अभियान गरिएको जनता बैंकका गुर्भाकोट शाखा प्रबन्धक  पदम तिमिल्सेनाले जानकारी दिए । उनले याे अभियानमार्फत शनिवार मात्रै एक सय ५० जना स्थानीय नागरिकलाई बैंकिङ्ग चेतना र बचत गर्ने तरिका बारे जानकारी गराएका बताए ।

यो अभियान आगामी दिनमा पनि जारी रहने तिमिल्सेनाको भनाई छ । कार्यक्रम अन्तरगत गुर्भाकोटका व्यापारी, स्थानीय नागरिकहरु लगायतलाई बैंकका सेवा सुविधा बारेपनि छलफल गरिएको थियो ।