☰ open Loading... 18 November 2024|  

राजनीतिक काेपभाजनमा सुर्खेतकाे माैसम कार्यालय, सुर्खेतबाट काेहलपुर सारिदै
  | ३० भाद्र २०७५, शनिबार २२:१२

सुर्खेत । हरेकपटक नयाँ सरकार गठन हुँदा आफू अनुकूल मन्त्रालय र मातहतका निकाय फुटाउने र जुटाउने प्रवृत्तिको निशानामा जल तथा मौसम विज्ञान विभाग पर्ने गरेको छ ।

लामो समय जलस्रोत मन्त्रालयमा समेटिएको विभाग कहिले विज्ञान, कहिले वातावरण मन्त्रालय हुँदै हाल ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा गाभिएको छ । गत फागुन दोस्रो सातादेखि विभाग ऊर्जा मन्त्रालयमा गाभिएको हो । अधिकांश हवाई दुर्घटनाको कारण मौसम र मौसमजन्य सूचनासँग जोडिन्छ । मौसमसम्बन्धी तथ्यांक संकलन तथा सूचना सम्प्रेषणका लागि कार्यक्षेत्र विभागलाई तोकिएको छ ।

यो विषयसँग कुनै तालमेल नहुने ऊर्जा मन्त्रालय मातहत विभाग गाभिएपछि सो निकायका कर्मचारी अन्योलमा परेका छन् । तर विभागको क्षमता अभिवृद्धि तथा कार्यसम्पादन कुन मन्त्रालय मातहत समेट्ने भन्ने टुङ्गो नहुँदा व्यावहारिक कठिनाइ थपिएको छ ।

विभाग अझै कुन मन्त्रालयमा गाभिने हो, कार्यक्षेत्र के कस्तो तोकिने हो भन्नेमा अन्योल रही रहँदा कामकारबाही प्रभावित हुने विभागका अधिकारीहरु बताउँछन् ।

शुक्रबार मात्रै संघिय मामिला तथा सामान्य प्रशान मन्त्रालयले स्वीकृत गरेर संघिय मन्त्रालयमा पठाएको छ । जल तथा मौसम कार्य प्रकृति भएकाले हालकै मातहतका संरचनामा यथावत राख्न आग्रह गरिएपनि मन्त्रालयले सम्बोधन नगरेको जल तथा मौसम विभागका एक विज्ञले जानकारी दिए । उनले मन्त्रालयले आफूहरुको मागलाई सम्बोन्धन नगरेर चार कार्यालयमा राख्ने प्रस्ताव लिएको आपत्ती समेत जनाए ।

हाल जल तथा मौसम विज्ञान विभाग अन्तरगत काठमाडौं बाहिर रहेका ६ कार्यालयलाई चारमा झार्ने र तराई केन्द्रीत कार्यालय राख्ने प्रस्ताव पेश गरेको छ । जलवायु परिवर्तनका दृष्टिले जोखिममा रहेको कर्णाली प्रदेशको सुर्खेतमा रहेको कार्यालय हटाएर चार कार्यालय बनाउन संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वीकृत गरि संघिय मन्त्रिपरिषदमा पठाएको छ ।

अव सुर्खेतस्थित मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्रीय हावापानी कार्यालय प्रदेश ५ को कोहोलपुर सर्ने निश्चित जस्तै भएको छ । मन्त्रालयले प्रदेश न १ र २ हेर्ने गरि धरान, प्रदेश न ४ हेर्ने गरि पोखरा, प्रदेश ५ हेर्ने गरि भैरहवा, प्रदेश न ६ र ७ हेर्ने गरि कोहलपुरमा राखिने भएको छ ।

यसमा पोखरा र धरान यथावत छन। प्रदेश ५ मा दुई कार्यालय राख्ने र पुर्वाधारयुक्त, मौसम राडर समेत हेर्ने सुर्खतका कार्यालय काहलपुरमै राख्नुले कर्णाली प्रदेशलाई उपेक्षा गरिएको र संघिय अवधारणा विरुद्द संगठन संरचना तयार भएकोमा जल तथा मौसम विज्ञान विभागले नै आपत्ती जनाएको छ ।

कर्णालीमा दैवी प्रकाेपका घटनाले अाक्रान्त भइरहेकाे बेला कार्यालय काेहलपुर सार्नु गलत भएकाे एक कर्मचारीले बताए । उनले माैसम सम्वन्धी जानकारी दिने राडार समेत सुर्खेतमा निर्माण भइरहेकाे बेला कार्यालय सार्नु कर्णालीलार्इ उपेक्षा गरेकाे उल्लेख गरे ।