☰ open Loading... 23 December 2024|  

स‌ंविधान दिवसमा सहभागी भएका राउटे मुखियालार्इ जनताकै चिन्ता
  | ३ आश्विन २०७५, बुधबार १६:०३

‘सरकार वनमा शिकार पाउँदैन गास पठाइदिनु’

सुशील खड्का
सुर्खेत । आफूलाई जंगलको राजा बताउन रुचाउने फिरन्ते जाती राउटेले संविधान दिवसमा उत्साहित बनेर सहभागी भए । स्थानीय मंगलगढी चौकबाट शुरु भएको ¥यालीमा प्रमुख आकर्षक राउटे नै बने । आफ्नो पहिरनमै सांस्कृतिक कार्यक्रमसहित ब्यानर लिएर प्रभात फेरीमा मादल बजाउँदै वीरेन्द्रनगरको खुला मञ्चसम्म पुगे । यति मात्रै हैन् संविधान दिवसमा आयोजित विशेष समारोह स्थल खुलामञ्चमै आफ्नो नाच समेत प्रर्दशन गरे ।


अन्य नागरिकहरुसंग घुलमिल हुन नचाहने यो जाती पछिल्ला वर्ष विस्तारै मानव बस्तीसंग नजिकन थालेको छ । देशमा नयाँ संविधान लागु भएको बारे जानकार रहेको र संविधानमा राउटे जस्ता लोपन्मुख जातीहरुलाई राज्यले गास, बास र कपासको व्यवस्था सरकारले गरिदेलाकी भनेर वीरेन्द्रनगर आएको राउटे मुखिया वीरबहादुर शाहीले बताए ।

‘सरकार ठूला मान्छेसंगै संविधान दिवस मनाउन पाउँदा खुसी लागेको छ’ मुखिया शाहीले भने, ‘आज सवै जन्ता खुसी छन् । हामी जंगलमा बस्न्या राउटे जाती पनि खुसी भएरै दिवस मनाउन आयाँ हौं ।’

गुराँस गाउँपालिका–८ झ्याजेमा बस्ती सरेको राउटे जाती दक्षिण एशियाकै लोपोन्मुख जाति हो । ‘हामी जनतासंग नजिक हुन चाहन्छौं । तर हाम्रो रहन सहन र परम्परा अनुसार नै जंगलमै रमाउन दिन सरकारलाई आग्रह गर्दछौं’ मुखिया शाहीले भने ।

जंगलमा गुना र बादरको संख्या घट्दो क्रममा रहेकाले आफ्ना जनता भोकै रहेको भन्दै मुखिया शाहीले सरकारलाई खानाको उचित व्यवस्था गर्दिन माग गरे । ‘जनताले बनाएका काठ भाडा विक्री हुँदैनन् ।

खानाका लागि जंगलमा शिकार पनि पाउँदैन’ मुखिया शाहीले थपे, ‘सरकारले हामीलाई खानाको र जंगलमै सुरक्षित रुपमा बस्ने वातावरण मिलाइ दिहोस् ।’

संविधान दिवसमा राउटेहरुलाई सहभागी भने गुराँस गाउँपालिकाकाे समन्वयमा सामाजिक सेवा केन्द्र साेसेक दैलेखले गराएका हो । वीरेन्द्रनगरको खुलामञ्चमा कर्णाली प्रदेश सरकारले आयोजना गरेको संविधान दिवसमा विभिन्न जाति र समुदायहरुले संस्कृती झल्कने झाँकीहरु प्रर्दशन गरेका थिए ।

दिवसमै प्रदेश प्राप्तीमा शहिद भएका अाफ्नलार्इ सम्मान र दिवसकाे पूर्व सन्ध्यामा अायाेजना गरिएका विभिन्न प्रतियाेगितामा विजयीलार्इ पुरस्कार समेत वितरण गरिएकाे थियाे ।

कार्यक्रममा प्रदेश प्रमुख दर्गाकेशर खनाल, कर्णाली प्रदेशका कार्यवहाक मुख्यमन्त्री नरेश भण्डारी, सामाजिक विकास मन्त्री दल रावल, उद्याेग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा, प्रदेश संसदका सभामुख पुष्पा घर्ती, प्रदेश सा‌ंसद लगायतकाे उपस्थिती थियाे ।