☰ open Loading... 25 June 2025|  

नेकपाले पद टुंग्याएकै दिन मायाप्रसाद शर्माले लेखे यस्ताे स्टाटस
  | ५ आश्विन २०७५, शुक्रबार १५:३४

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले शुक्रबार कर्णाली प्रदेशमा जिम्मेवारी टुंगाए पनि मायाप्रसाद शर्माले आफू जिम्मेवारीमा नरहने बताएका छन् । शर्माले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका छन् ‘नेकपा सचिवालयले नियुक्त गरेको भनिएको कर्णाली प्रदेशको सचिव पदमा नरहने जानकारी गराँछु ।’

शर्माले पोष्ट गरेको कमेन्टमा उनका शुभचिन्तक तथा कार्यकर्ताले उचित मुल्यांकन नगरेकोमा पार्टीको आलोचना समेत गरिरहेका छन् । पार्टीको स्थायी समिति सदस्य भइसकेको व्यक्तिलाई प्रदेशको सचिव बनाएपछि उनमा असुन्तिष्टी भएको हुन सक्ने नेकपाका एक नेताले जानकारी दिए । ठूलो पार्टीमा यस्ता असन्तुष्टि हुनु स्वभाविकै भएको भन्दै यो समस्या पनि समाधान हुने उनको भनाई छ ।