☰ open Loading... 20 April 2024|  

दशैंको टिका साइत विहान ९ बजेर ५१ मिनेट
  | ६ आश्विन २०७५, शनिबार १४:३४

काठमाडाै‌ं । यसवर्षको बडादशैंको टिकाको उत्तम साइत विहान परेको छ । कार्तिक २ गते पर्ने विजयादशमीको टिकाको उत्तम साइत विहान ९ बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

समितिका अनुसार बिहान ९ बजेर ३९ मिनेटमा देवी विर्सजन गरेर टिका लगाउन सकिने समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए । घटस्थापनाको शुभ साईत आगामी असोज २४ गते बिहान ७ बजेर १५ मिनेटमा छ ।

यस्तै, फुलपाती भित्र्याउने साईत बिहान ९ बजेर २१ मिनेटमा उत्तम रहेको समितिले जनाएको छ । कार्तिक ७ गते कोजाग्रत पुर्णिमाको दिन जुनसुकै बेला जमरा सेलाउन सकिने समितिले जनाएको छ । सरकारी कार्यालय, सुरक्षा निकाय, कुटनीतिक नियोगहरुमा फुलपातीको दिन बिहान १० बजेर २४ मिनेटमा पश्चिम फर्केर राष्ट्रिय झण्डा फेर्न सकिने गौतमले बताए ।